नवलपरासी । किसानले उत्पादन गरेको दुधले बजार नपाइरहेको अवस्थामा बर्दघाट नगरपालिकाले किसानलाई दुधको क्रीम काट्ने मेसिन बितरण गरेको छ ।
दुध र दुग्ध जन्य पदार्थको बिक्री बितरण र बजारीकरणको सहजताका लागि क्रिम काट्ने मेसिन किसानलाई उपलब्ध गराएको बर्दघाट नगर प्रमुख शम्भुलाल श्रेष्ठले बताउनु भयो । अहिले बर्दघाटमा सञ्चालन भएका डेरी तथा दुग्ध सहकारीले बजारीकरणको समस्या देखाउदै दूध खरिद गर्न छाडेपछि किसान सडकमै दूध पोख्न बाध्य भएकाले समयमा क्रीम काट्ने मेसिनले किसानलाई सहयोग पुग्ने अपेक्षा नगरले गरेको नगरप्रमुख श्रेष्ठले बताउनु भयो । 'अहिले किसानले उत्पादन गरेको दूध नबिकिरहेको बेला किसानलाई पिडा भएको कुरा महसुस गरेका छौ । त्यो पिडामा केहि मलम लगाउन सकिन्छ कि भन्ने सोचेर क्रिम बनाउने मेसिन बितरण गरेका हौँ ।'
क्रीम काट्ने मेसिनका कारण किसानको थोरै भएपनि लागत उठोस भन्ने उद्देश्य नगरको रहेको नगरप्रमुख श्रेष्ठको भनाइ छ । बर्दघाटमा केहि दिन अगाडि दूधको मूल्य र बजारीकरणमा समस्या आएपछि किसानले आन्दोलन गर्दै सडकमा नै दूध पोखेका थिए ।
क्रीम काट्ने मेसिनका कारण किसानले दूधको आशिक भएपनि मुल्य पाउने बर्दघाट नगरका पशु शाखा प्रमुख भरत लम्सालले बताउनु भयो । 'अहिले बितरण गरिएको मेसिनले एक घण्टामा ५ सय ५० लिटर दुधको क्रीम काट्ने क्षमता रहेको छ । यसले किसानलाई केही हदसम्म भएपनि राहत हुन्छ ।'
बर्दघाटको जिमिरेभारमा रहेको शुलभ वाल्मीकि सहकारीलाई उक्त मेसिन हस्तान्तरण गरिएको हाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच