सफ्टवेरिका कलेजमा ‘टेक–एक्स २०२३’

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सफ्टवेरिका कलेजले बिहीबारदेखि ‘टेक-एक्स २०२३’ आयोजना गरेको छ । काठमाडौंको डिल्लीबजारस्थित कलेज परिसरमा विद्यार्थीले तयार पारेका प्रविधिको चारदिने प्रदर्शनी सुरु गरेको हो । प्रदर्शनीमा रोबोटको वार मुख्य आकर्षणका रूपमा रहने कलेजले जनाएको छ । प्रदर्शनी उद्घाटन सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गर्नुभएको थियो ।

प्रदर्शनीमा एआई र साइबर सुरक्षा क्षेत्रमा विद्यार्थीले तयार पारेका विभिन्न प्रविधिलगायत नवप्रवर्तनसम्बन्धी ३० भन्दा बढी स्टल रहेको आयोजकले जनाएको छ । स्मार्ट ग्लास (चस्मा) तथा स्मार्ट ब्लाइन्ड स्टिक (दृष्टिविहीनले प्रयोग गर्ने छडी) र होम सेक्युरिटीसहित घरमा अनधिकृत व्यक्तिको घुसपैठ भएको थाहा पाउने प्रविधि, रिमोट मनिटरिङसहित डढेलाबारे जानकारी दिने प्रविधि, फिल्ड मनिटरिङ तथा बाली निरीक्षण सिस्टमका लागि अग्मेन्टेड रियालिटी (एआर) र प्लानेटरी एक्सप्लोरेसन रोबोट पनि रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?