रुसी सेनामा दुई लाख असी हजारको भर्ती

Read Time = 1 min

मस्को । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताउनुभएको छ । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहनु भएका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिनुभएको हो ।

युक्रेनसँगको आक्रामक कारबाही १९औं महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षितत गर्ने प्रयास भएको बताउँदै उहाँले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताउनुभएको छ ।

रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गर्नुभएका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आउनुभएको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?