काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कानूनी राज्यको उपहास गरेको टिप्पणी गरेका छन् ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई नागरिकता प्रकरणमा पक्राउ गरेपछि नेता रावलले मन्त्री प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशय भएको आरोप लगाउनु भएको छ ।
सामाजिक सञ्जाल मार्फत रावलले लेख्नुभएको छ गृहमन्त्री रवि लामिछानेसँग नेपालको कानून विपरीत विदेशको समेत गरी दुईटा नागरिकता र राहादानी हुँदा केही कार्वाई नगर्ने तर कैलाश सिरोहियालाई दुइटा नागरिकतामा 'विवरण फरक परेको' भनी कार्यकक्षबाट पक्रेर रातारात धनुषा लिने के मन्त्री र अरूका लागि फरक-फरक कानून छ ? कानूनी राज्यको उपहास !'
रावलले आफूविरुद्ध समाचार लेखेकै कारणले प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट सिरोहियालाई पक्राउ गरिएको हुनसक्ने आशंका व्यक्त गर्नुभएको छ ।
'के प्रकाशन गृहलाई सुरक्षा घेरामा राखेर त्यसका अध्यक्षलाई रातारात काठमाडौं बाहिर लैजाने काम गृहमन्त्री र निजको दलका कतिपय व्यक्ति सहकारीको करोडौं रूपैयाँ ठगीमा संलग्न भएका तथ्य समाचार प्रकाशित भएपछि प्रतिशोध साध्ने र आतङ्कित पार्ने दुराशयबाट गरिएको भन्ने देखिन्न र ? उहाँले भन्नुभएकाे छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच