गोल्ड मेडलिस्ट बडैला बने स्वतन्त्र विद्यार्थी समाजबाट त्रिविको स्ववियु उम्मेदवार

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । त्रिभुवन विश्व विद्यालयको स्ववियु सभापतिमा एक जना गोल्ड मेडलिस्ट विद्यार्थीले पनि उम्मेदवारी दर्ता गराउनु भएको छ । नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट मास्टर्स तर्फका गोल्ड मेडलिस्ट विद्यार्थी विष्णु बैडेलाले आफ्नो टिमसहित स्ववियु सभापतिका लागि उम्मेदवारी दर्ता गराउनु भएको हो ।

उहाँको टिमबाट सचिवमा अंग्रेजीका टपर योगेन्द्र बम र कोषाध्यक्षमा निश्चल घिमिरेले उम्मेदवारी दर्ता गराउनु भएको छ । सदस्यमा जीनराज ढुंगाना, रमेश ऐरी, इन्द्रकुमार रावल र मानबहादुर बोहोरा उम्मेदवार बन्नुभएको छ ।

'हामी सबै कलेजमा आएका छौं। विद्यार्थीका समस्यालाई नजिकबाट बु्झेका छौं । क्याम्पसका समस्यासँग पनि हामी जानकार छौं,' उम्मेदवार बडैलाले भन्नुभएको छ, 'त्रिविको स्ववियु विवेकशील हुनुपर्छ । खोक्रा राजनीतिक भाषणमात्रै गर्ने भन्दा पनि अध्ययन गर्ने बौद्धिक हुनुपर्छ। राजनीतिका नाममा ढुंगामुडा गर्ने भन्दा पनि बौद्धिक रूपमा समस्याको हल खोज्ने व्यक्तिलाई यहाँहरूले जिताउनु हुनेछ भन्ने विश्वास छ ।'

नेपाल स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवार बनेका अधिकांश नेता यसअघि त्रिविमा नेविसंघको राजनीतिमा सक्रिय थिए ।

तर गुटको आधारमा उम्मेदवार बनाइएपछि उनीहरूले स्वतन्त्र विद्यार्थी समाजबाट उम्मेदवारी दिएको बताएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?