एजेन्सी । गायिका टेलर स्वीफ्टलाई टाइम म्यागजिनले सन् २०२३ को वर्ष व्यक्तिको रूपमा घोषणा गरेको छ । म्यागजिनले वर्ष व्यक्ति घोषणा गरेपछि स्वीफ्टले भन्नुभएको छ, ‘मैले अहिलेसम्म महसुस गरेको सबैभन्दा गर्व र खुशीको क्षण हो यो ।’
म्यागजिनका प्रधान-सम्पादक साम ज्याकब्सले अमेरिकी पप आइकन रहनुभएकी स्वीफ्ट आफ्नो कथाको नायक र लेखक दुवै रहेको बताउनुभएको छ । सोमबार टाइम म्यागजिनले उपाधिका लागि नौ उम्मेदवारको छोटो सूची घोषणा गरेको थियो जसमा चिनियाँ राष्ट्रपति सी जिनपिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, बार्बी र हलिउडका चर्चित कलाकार र लेखक रहनुभएको थियो । टाइम म्यागजिनले सन् १९२७ देखि यो उपाधि दिँदै आएको छ ।
गत महिना स्फ्टिलाई व्यावसायिक प्रकाशन ब्लुमबर्गले अर्बपति घोषित गरेको थियो जसले उहाँको कुल सम्पत्ति १.१ बिलियन डलर अनुमान गरेको थियो । अहिले तीन संगीतकर्मी रिहाना, बियोन्से र जे जेडमात्र अर्बपतिको सूचीमा हुनुहुन्छ । यद्यपि, स्वीफ्टमात्र संगीतमा आधारित अर्बपति हुने पहिलो महिला हुनुहुन्छ । उहाँका प्रतिस्पर्धी सेलेव्रिटीले फेसन, सौन्दर्य उत्पादन र हाई-फाई उपकरणमा व्यापार उद्यम चलाउँदै आएका छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच