काठमाडौं । नेपाल-चीन संयुक्त लगानीको हिमालय एयरलाइन्सले मंगलबारदेखि काठमाडौं-चोङकिङ-काठमाडौं उडान सेवा पुनः सुचारु गरेको छ । कम्पनीले सेवा विस्तारलाई एयरलाइन्सले दुई देशबीचको कनेक्टिभिटी बढाउने र द्विपक्षीय सम्बन्धलाई प्रवद्र्घन गर्ने प्रतिबद्धताका रूपमा लिएको छ । काठमाडौं-चोङकिङ-काठमाडौं रुटले यात्रुलाई नेपालको राजधानी र चीनको व्यस्त शहरका बीचमा सहज यात्राका विकल्प प्रदान गर्नेछ । दुर्ई शहरबीच हुने प्रत्यक्ष सम्पर्कले सहज, सुरक्षित एवं प्रभावकारी यात्रा प्रदान गर्ने हिमालय एयरलाइन्सकोे प्रतिबद्धतासमेत प्रतिबिम्बित गरेको बताइएको छ ।
समृद्ध सांस्कृतिक सम्पदा, आधुनिक शहरी परिदृश्य र आर्थिक गतिशीलताका लागि प्रसिद्ध चोङकिङले ऐतिहासिक, विशिष्ट विविध पाक-कला एवं उच्च प्रविधि विकासयुक्त ठाउँको अनुपम सम्मिश्रणसमेत प्रदान गर्दै नेपाली यात्रुमाझ आकर्षक गन्तव्य प्रस्तुत गरेको छ ।
पहिलो आउट बाउन्ड उडान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्थानीय समयअनुसार बिहान १० बजेर सात मिनेटमा प्रस्थान गरेको थियो र चोङकिङकोे जियाङबेइ अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समयअनुसार साँझकोे १५ बजेर ५० मिनेटमा अवतरण गरेको थियो ।
उडान तीन घण्टा १४ मिनेटको रहेको छ । पहिलो उडानमा कुल यात्रु संख्या एक सय २५ रहेकोे थियो । एयरलाइन्सले हरेक मंगलबार र शनिबार गरी हप्तामा दुर्ईपटक दुर्ई शहरबीचमा उडान सञ्चालन गर्ने जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच