पठाओले उत्कृष्ट राइडर र फुडमेनलाई सम्मान गर्ने

Read Time = 1 min
A A- A+

काठमाडौं । पठाओले वर्षभरिका उत्कृष्ट राइडर, क्याप्टेन, फुडमेन र रेस्टुरेन्टलाई सम्मान गर्ने भएको छ । २०७८ सालभरिका उत्कृष्ट सेवा प्रदायकलाई सम्मान गरिने पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘पठाओको यात्रामा हाम्रा राइडर, क्याप्टेन र फुडमेन साथीहरूले सधैँ हामीलाई हाम्रो परिवारझैं साथ दिनुभएको छ, उहाँहरूको योगदानको कदर गर्दै कार्यक्रम आयोजना गरेका हौँ ।’

सबै कामलाई सम्मान गरौँ, एउटै नजरले हेरौँ र सोचमा सकारात्मक परिवर्तन ल्याऊँ भन्ने सोचका साथ कार्यक्रम आयोजना गरिएको हमालको भनाइ छ । सम्मान कार्यक्रम वैशाख १८ अर्थात् श्रम दिवसका दिन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?