सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारका दुई मन्त्री र एक राज्यमन्त्री पदमुक्त हुनुभएको छ । मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख देवराज जोशीले उहाँहरुलाई पदमुक्त गर्नुभएको हो ।
पदमुक्त हुनेमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी सामाजिक विकासमन्त्री झपटबहादुर साउद, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री रमेशसिंह धामी र उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री गीतादेवी माल हुनुहुन्छ । साथै मन्त्रीद्वय साउद र धामीले सम्हाल्दै आएको मन्त्रालय मुख्यमन्त्री शाहले आफू मातहत राख्नुभएको छ ।
मुख्यमन्त्री शाहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा सरकारका दुई मन्त्री र एक राज्यमन्त्रीलाई पदमुक्त गरिएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “केन्द्रमा सत्तासमीकरण फेरिएपछि प्रदेश सरकारमा मन्त्री हेरफेर गर्नुपरेको हो, प्रदेशको विकास र समृद्धिका लागि म सबै दलसँग वार्ता, संवाद सहमतिका लागि खुला छु ।”
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच