भारतमा सडक दुर्घटना परी सुर्खेतका एकै परिवारका पाँच जनाको मृत्यु

नन्दराम जैशी
Read Time = 2 mins

सुर्खेत । भारतमा सडक दुर्घटना परी पाँच जना सुर्खेतवासिको मृत्यु भएको छ । मृतक पाँचै जना एकै परिवारका हुन् ।

रोजगारीको सिलसिलामा भारतको कर्नाटक राज्यको गुलवर्गा जिल्ला अन्तर्गत अवजलपुरमा रहेका उनीहरुको सडक दुर्घटनामा परि मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुर्खेत चौकुने गाउँपालिका-७, अमलाटाकुराका अन्दाजी २७ वर्षीय रतन नेवार, उनकी श्रीमती २५ वर्षीय अस्मिता नेवार, उनका छोरा पाँच वर्षीय मिलन नेवार, अर्का छोरा दुई वर्षीय धड्कन नेवार र भाइ बुहारी सुस्मिता नेवार रहेका छन् ।

गोवा जाने मुख्य सडकमा ट्रकको ठक्करबाट गए राति उनीहरूको घटनास्थलमै मृत्यु भएको चौकुने गाउँपालिकाका अध्यक्ष खड्ग बिकले जानकारी दिनुभयो ।

अध्यक्ष विकका अनुसार बिरामी भएर अस्पतालमा रहेका दाजु भेटेर फर्किएको रतनको स-परिवार सवार मोटरसाइकललाई विपरित दिशाबाट आएको ट्रकले ठक्कर दिएको थियो । उक्त मोटरसाइकल रतनले चलाएका थिए ।

मृतक नेवार परिवार विगत एक वर्षदेखि रोजगारीको सिलसिलामा भारतमा बस्दै आएका थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?