नबिलको जलवायु परिवर्तनसम्बन्धी क्यालेन्डर

Read Time = 2 mins

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी सचेतना तथा पर्यावरण प्रवद्र्धनप्रति दायित्वबोध भन्ने नाराका साथ नबिल बैंकले नयाँ वर्ष २०८० को क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी तथा भुपेन्द्र पाण्डेले भित्ते पात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन् ।

नबिलको क्यालेन्डरमा नेपाली बाह्रै महिनाको मौसम तथा प्राकृतिक सौन्दर्र्य दर्शाउने फोटोहरू राखिएकोे छ भने संवद्र्धनका लागि आहृवान गरिएको छ ।

ढकमक्क फुलेका लालीगुराँसका मनोरम दृश्य, स्वतन्त्र उड्ने चराचुरुंगीदेखि सुन्दर हिमाल, लोपोन्मुख हिमचितुवाका फोटो प्रयोग गरिएको छ । बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग तस्बिरका लागि सहकार्य गरेको थियो ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भन्नुभयो, ‘जलवायु परिवर्तनप्रति बैंकिङलगायत सबै क्षेत्रबाट गम्भीरतापूर्वक ध्यान पु¥याउन जरुरी छ । जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी यस संसारलाई सबैका लागि बाँच्नयोग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो ।’ नबिलले केही साताअघि हरितगृह ग्याँस विसर्जनसम्बन्धी रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?