काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (एयरपोर्ट) मा एडुरोम सेवा औपचारिकरूपमा सुचारु भएको छ । जुन त्रिभुवन विश्वविद्यालयका वैज्ञानिक अनुसन्धानसम्बन्धी संस्था, उच्च शिक्षा तथा विद्यार्थीलाई शैक्षिक संस्थाबाट अर्को ठाउँमा पुग्दा आफ्नो शैक्षिक संस्थाको युजरनेम तथा पासवर्डबाट इन्टरनेट पहुँच स्थापना हुने सेवा हो । हाल विश्वका एक सय १० भन्दा बढी देशमा एडुरोम सेवा उपलब्ध रहेको बताइएको छ ।
विश्वभर लाखौँ एडुरोम हटस्पट सञ्चालनमा आइरहेका छन् । एडुरोम सेवासम्बन्धी हटस्पट विस्तार पुस्तकालय, म्युजियम, सार्वजनिक स्थान, बस स्टेसन, विमानस्थल तथा कफी शपमा भइरहेको छ । जुन संसारभर पूर्ण निःशुल्करूपमा उपलब्ध छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा आन्तरिक टर्मिनलभित्र जडान गरिएका ६० भन्दा बढी स्थानबाट एडुरोम सेवाको पहुँच एकसाथ गर्न सकिनेछ । यस्तो सेवा विश्वभरका रोमिङ पहुँचबाट सञ्चालन हुन्छ भने रेडियस सर्भरमार्फत् सुरक्षित कनेक्सन प्रदान गर्छ । यस्तो सेवा वैज्ञानिक अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी र सम्बन्धित संस्थाका कर्मचारीका लागि तयार पारिएको हो ।
वैज्ञानिक अनुसन्धान र अन्वेषणमा संलग्न, विश्वविद्यालयका प्राध्यापक तथा विद्यार्थीले सहज र सुरक्षितरूपमा आफनो संस्थाभित्र इन्टरनेटमा जोडिन साथै एक संस्थाबाट अर्को संस्थामा गरिने यात्राका क्रममा इन्टरनेट पहुँचसम्बन्धी आवश्यकता सहज पार्न एडुरोमको जन्म युरोपमा भएको थियो । नेपालमा एडुरोमको सुरुवात सन् २०१७ बाट भएको हो ।
हाल काठमाडौं विश्वविद्यालय, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, लुम्बिनी टेक्नोलोजिकल विश्वविद्यालय, नेपाल खुला विश्वविद्यालय, वीर अस्पताल, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्वविद्यालयलगायत ४२ संस्थामा एडुरोम सेवा उपलब्ध रहेको छ । नेपालमा एडुरोम प्रणालीको आधिकारिक सेवा प्रदायक नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क (एनआरएन) हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच