सर्लाही । हरिपुरमा कानूनी सचेतना कार्यक्रम सम्पन्न । जिल्ला सरकारी वकील कार्यालय मलंगवाको आयोजनामा आज हरिपुरमा कानूनी सचेतना कार्यक्रम गरिएको छ ।
समुदायमा सरकारी वकील कार्यक्रम अन्तर्गत हरिपुर २ स्थित महावीर जनता माध्यमिक विद्यालयमा अध्ययनरत् कक्षा १० का विद्यार्थीलाई सहभागी गराई सचेतना कार्यक्रम गरिएको हो ।
विद्यार्थीहरुलाई जिल्ला न्यायाधिवक्ता कैलाश दाहाल, सह–न्यायाधिवक्ता द्वय नारायण प्रसाद घिमिरे र निकुन्ज श्रीवास्तवले विद्यार्थीहरुलाई फौजदारी मुद्दा, साइबर अपराधलगायतबारे प्रष्ट पार्नुभएको छ ।
कार्यक्रममा विद्यालयको कक्षा १० मा अध्ययनरत् करिव ७० जना विद्यार्थी सहभागी भएका छन् । हरिपुर २ का वडाध्यक्ष निलबिक्रम थापाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यालयका प्रधानाध्यापक अमृतलाल मोक्तान, अन्य शिक्षक र विद्यार्थीको उपस्थिति रहेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच