दीपा-दीपकको सिनेमा हल आजदेखि सञ्चालनमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता तथा निर्माता दीपकराज गिरी र निर्मल शर्माको टिमले काठमाडौंस्थित नयाँबानेश्वरको शंखमूल जाने बाटोमा ‘आईएनआई सिनेमा हल’ सञ्चालमा ल्याएको छ । ‘हलको सम्पूर्ण निर्माण कार्य सकिएकाले शुक्रबार बिहान उद्घाटन कार्यक्रमसहित सञ्चालनमा ल्याउन लागेको हो’, दीपाले भजानकारी दिनुभयो ।

हलमा आजबाट नेपाली चलचित्र ‘एक भागवत र एक गीता’ र ‘नांगो गाउँ’सँगै ‘जवान’ र ‘द नन् २’ विदेशी चलचित्र प्रदर्शनमा आएका छन् । वानेश्वरदेखि शंखमूल जाने बाटोको बायाँपट्टी रहेको हलमा दुईवटा स्क्रिन रहेको निर्माणका लागि करिब १० करोड लगानी लागेको बताइएको छ । यी दुई हलमा एकसाथ ४०० दर्शकले सिनेमा हेर्न पाउने छन् ।

आईएनआईले यो तेस्रो आउटलेटका रूपमा सञ्चालनमा ल्याएको हो । यसअघि यो समूहले काठमाडौं गोंगबु नयाँबसपार्कको लोत्से मलमा र रूपन्देहीको भैरहवामा आईएनआई क्युबक्स सञ्चालनमा ल्याइसकेको छ । योसँगै आईएनआई सिनेमा नेपालको दोस्रो ठूलो मल्टिप्लेक्स चेनसमेत बनेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?