![मेवाका फाइदै फाइदा](https://ehimalayatimes.com/wp-content/uploads/2023/02/benefits-of-meba.jpg)
काठमाडौं । टाइम्स र रोयलले दोस्रो नखिपोट खुला बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । टाइम्स पुरुष तथा रोयल महिला यू-२३ मा च्याम्पियन बनेका हुन् । नखिपोटस्थित आयोजक नखिपोट युवा क्लबको कभर्डहलमा भएको पुरुष फाइनलमा टाइम्सले बुढानीलकण्ठलाई ८४-७१ ले पराजित गर्यो । टाइम्सको जितमा मनिष केसीले २८ अंक योगदान गर्नुभयो ।
पहिलो क्वाटरमा १८-१४ को अग्रता लिएको टाइम्स दोस्रोमा १९-२० ले पछि पर्यो । टाइम्सले तेस्रो क्वाटरमा गरेको ३०-१६ को प्रदर्शन जितका लागि महत्वपूर्ण साबित भयो । अन्तिम तथा चौथो क्वाटरमा बुढानीलकण्ठले २१-१७ को अग्रता बनाए पनि जित हात पार्न सकेन ।
विजेताले एक लाख पाँच हजार तथा उपविजेताले ५० हजार नगद पुरस्कार प्राप्त गरे । ‘मोस्ट भेलुएबल प्लेयर’ टाइम्सका सदिश प्रधानलाई २५ हजार नगद पुरस्कारबाट पुरस्कृत गरियो ।
महिलाको उपाधि भिडन्तमा रोशनी श्रेष्ठको १९ अंक सहयोगमा रोयलले बुढानीलकण्ठलाई ४८-३९ ले हरायो । पहिलो क्वाटरमा ८-१४ ले पछि परे पनि रोयलले बाँकीका तीन क्वाटरको नतिजा आफ्नो पक्षमा पार्दै उपाधि हात पार्न सफल भयो । रोयलले दोस्रोमा १३-५, तेस्रोमा १२-७ र चौथोमा १५-१३ को प्रदर्शन गर्यो ।
पहिलो भएको रोयलले ५० हजार तथा दोस्रोमा रहेको बुढानीलकण्ठले २५ हजार नगद पुरस्कार प्राप्त गर्यो । ‘मोस्ट भेलुएबल प्लेयर’ चुनिनुभएकी रोशनी श्रेष्ठले १० हजार नगद पुरस्कार पाउनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच