![भूमि आयोगले प्रमाणित गरेका २० परिवारलाई बसोवासको निस्सा](https://ehimalayatimes.com/wp-content/uploads/2023/12/bhojpur-programme.jpg)
काठमाडौं । ललितपुर सिटी एफसी नेपाल सुपर लिग फुटबल प्रतियोगिताको प्लेअफमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा वीरगञ्ज युनाइटेड फुटबल क्लब बुटवल लुम्बिनी फुटबल क्लबलाई एक-शून्यले पराजित गर्दै अंकतालिकामा अघि रहेको ललितपुर प्लेअफमा प्रवेश गरेको हो ।
बुटवलका लागि चन्दन दासले खेलको अन्तिम समयमा गरेको गोल नै निर्णायक साबित भयो । वीरगञ्ज युनाइटेडलाई प्लेअफमा पुग्न जित चाहिएको थियो । पराजित हुँदा टोलीको यात्रा टुंगियो ।
यस जितले बुटवल आठ खेलमा १० अंकसहित पाँचौँ स्थानमा छ । ललितपुर र झापाको पनि समान १० अंक छ तर हेड टु हेडमा ललितपुर अघि छ । वीरगञ्ज भने आठ खेलमा आठ अंकसहित आठौँ स्थानमा रहेर लिग अन्त्य गर्यो ।
खेलको इन्जुरी समयको तेस्रो मिनेटमा बुटवलले गोल गरेको थियो । एरिक विष्टको पासमा चन्दन दासले गोल गर्दै बुटवललाई जित दिलाउनुभयो । त्यसबाहेक दुवै टोलीले खेलमा पाएका केही मौकाहरू भने गुमाएका थिए ।
यसअघि नै प्रतियोगितामा पोखरा थण्डर्स र धनगढी एफसीले प्लेअफमा स्थान बनाइसकेका छन् । पोखरा शीर्षमा रहँदा धनगढी भने दोस्रो स्थानमा छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच