![बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/lumbini-3.jpg)
पोखरा । आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगितामा यसपटक १२ टोली प्रतिस्पर्धा गर्ने भएका छन् । माघ ९ गते सुरु हुने २३औँ आहा राराका लागि आयोजक सहारा क्लब पोखराले बिहीबार पत्रकार सम्मेलन गर्दै सहभागी १२ टोलीको नाम सार्वजनिक गरेको छ ।
जसमा साबिक विजेता टोली संकटा क्लबसहित आठ ए डिभिजन टोली, आयोजक टोली, एक मोफसलको टोली र दुई विदेशी टोलीले यसपटक उपाधिका लागि खेल्नेछन् । संकटासहित नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, मछिन्द्र फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड फुटबल क्लब, थ्री स्टार क्लब, मनाङ मस्याङ्दी क्लब र जावलाखेल युथ क्लब गरी आठ ए डिभिजन टोली छन् ।
त्यस्तै, नवलपरासीको राइजिङ स्टार फुटबल क्लब, भारतीय आई–लिगको टोली दिल्ली फुटबल क्लब, भुटानी लिग विजेता पारो फुटबल क्लब र आयोजक सहारा फुटबल क्लब यसपटक खेल्ने सहाराका महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिनुभयो ।
गत वर्ष फाइनलमा अमेरिकाको भुटनिज युथ स्पोर्ट्सलाई हराउँदै संकटाले उपाधि जितेको थियो । त्यति बेला विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गरेको थियो ।
प्रतियोगिताको उत्कृष्ट पाँच विधाको पुरस्कार सूर्यबहादुर केसीको स्मृतिमा प्रायोजन गरिएको छ । राष्ट्रिय सर्वोत्कृष्ट वर्ष खेलाडी पुरस्कार सहारा क्लबका मानार्थ सदस्य खेमबहादुर गुरुङले प्रायोजन गरेका छन् । यस्तै, म्यान अफ द म्याच ट्रफी, नगद र मेडलहरू सहारा युकेद्वारा सौजन्य हुने प्रतियोगितामा डेढ करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
२३ वर्षदेखि निरन्तर सञ्चालन भएको प्रतियोगितामा बचत हुने रकम सूर्यबहादुर केसी स्मृति सहारा फुटबल एकेडेमीमा खर्च गरिने क्लबले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच