बुटवल उद्योग वाणिज्य संघमा थप तीनवटा बस्तुगत समिति गठन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 3 mins

रुपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीमा थप तीनवटा बस्तुगत समिति गठन गरिएको छ । बिहिबार भएको सदस्य व्यवसायीहरुको छुट्टाछुट्टै भेलाले उद्योग तर्फका निर्माण व्यवसायी, फर्निचर (समिल) र ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समिति गठन गरिएको उद्योग उपाध्यक्ष सुरज भट्टराईले जानकारी गराउनु भयो ।

कार्यक्रममा बोल्दै संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरेले उद्योगी व्यवसायीहरुको हकहितको लागि स्थापित संघले त्योसंगसंगै उद्योगी व्यवसायीहरुको व्यवसायिक विकासका कायक्रम पनि नियमित रुपमा सञ्चालन गरिरहेको जानकारी गराउनु भयो । गठित बस्तुगत समितिले सम्बन्धित बस्तुगत समिति अन्तरगतका उद्योगी व्यवसायीहरुमा भएका समस्या र उठान गरेर संघमा जानकारी गराउन आग्रह गर्नुभयो ।

निर्माण व्यवसायी बस्तुगत समितिको सभापतिमा सन्तोष केसी, उपसभापतिमा दामोदरलाल जोशी, सचिवमा राजेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा दुर्गाबहादुर श्रेष्ठ र सदस्यमा शान्ति श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै यदुनाथ पाण्डे, नारायण बस्याल र मोहनलाल जोशीलाई सल्लाहकारमा चयन गरिएको छ ।

त्यस्तै फर्निचर (समिल) बस्तुगत समितिको सभापतिमा नरबहादुर श्रीसलाई चयन गरिएको छ । उक्त समितिको उपसभापतिमा बुद्धबहादुर सारु, सचिवमा हिराबहादुर केसी, कोषाध्यक्षमा केयरसिंह सिंजाली तथा सदस्यहरुमा विष्णु भुसाल पाण्डे र कृष्णप्रसाद श्रेष्ठलाई चयन गरिएको छ । त्यस्तै बोनिन पिया, नरेशकुमार श्रेष्ठ, सुरेन्द्र ज्ञवाली, जीवकान्त काफ्ले, सावित्रा टण्डन र नेत्रबहादुर रुचाललाई सल्लाहकारमा चयन गरिएको छ ।

ग्रिल तथा ईञ्जिनियरिङ् बस्तुगत समितिको सभापतिमा उमेशप्रसाद श्रेष्ठ, उपसभापतिमा महेन्द्रकुमार कार्की, सचिवमा दिपक थापा तथा सदस्यहरुमा विजय श्रेष्ठ, विनोदराज न्यौपाने र मानबहादुर विकलाई चयन गरिएको छ । त्यस्तै अशोक बर्मा र देवानसिंह थापालाई सल्लाहकार चयन गरिएको छ । संघमा यस अंगाडि २४ वटा बस्तुगत समिति गठन भईसकेका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?