![सुर्तीजन्य पदार्थको कर बढाउनैपर्छ : स्वास्थ्य मन्त्रालय](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Tobacco-tax-should-be-increased-Ministry-of-Health-Hita-fornt-page.jpg)
कैलाली । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदैछन् । आज बिहान साढे १० बजे बस्ने प्रदेशसभा बैठकमा सोडारीले विश्वासको मत लिँदैछन् ।
सोडारीलाई एमालेले विश्वासको मत दिने निर्णय गरिसकेको छ । एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी (रञ्जिता श्रेष्ठ) पक्षधर दुई प्रदेशसभा सदस्य र स्वतन्त्र सांसद तारा जोशीको समर्थनमा सोडारी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्ति पार्टर्कीा सात, एकीकृत समाजवादीका चार, राप्रपा एक र एक जना स्वतन्त्र सांसद छन् ।
संविधानको धारा १६८ (२) अनुसार वैशाख ६ गते सोडारी मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।
![पवित्र संस्थाको नाममा विशाल ग्रुपको फोहोरी खेल](https://ehimalayatimes.com/wp-content/uploads/2024/05/Business-group-Vishal-Group-on-the-public-land-of-Nepal-Child-Organization-in-Naxal-Hita-fornt-page.jpg)
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच