ग्लोबल आइएमइको एक्सटेन्सन काउन्टर सोतीपसलमा

Read Time = 1 min

लमजुङ । ग्लोबल आइएमइ बैंकले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका-३ सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । बैंकले सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ सेवाको आवश्यकतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहने गरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो ।

बैंकले मुलुकभर तथा मुलुकबाहिर बैंकिङ सेवा पहुँच पुर्‍याउने उद्देश्यले ७७ जिल्लामा दुई सय ८९ शाखा, दुई सय ६५ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी आठ सय ८१ भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?