यू-१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालले टस जितेर पहिला बलिङ गर्दै

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । एसीसी यू-१९ एसिया कप अन्तर्गत नेपालले आज दोस्रो खेलमा अफगानिस्तानको सामना गर्दै छ ।  यस खेलमा नेपालले टस जितेर पहिला बलिङ गर्ने भएको छ । नेपाली कप्तान देव खनालले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् । योसँगै अफगानिस्तानले पहिला ब्याटिङ गर्ने भएको छ ।

त्यस्तै समूह ए अन्तर्गत नै आज भारत र पाकिस्तानबीच पनि खेल हुदै छ । यो खेलमा पाकिस्तानले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ । योसँगै भारतले पहिला ब्याटिङ गर्ने भएको छ ।

शुक्रबारदेखि शुरु भएको यू-१९ एशिया कपमा नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानसँग हार बेहोरेको थियो । त्यस्तै अफगानिस्तानले पनि भारतसँग हार बेहोरेको थियो । प्रतियोगितामा अगाडी बढ्न नेपालले आज अफगानिस्तानलाई हराउनै पर्ने अवस्था रहेको छ ।

त्यस्तै भारत र पाकिस्तानले भने समूह ए मा आफ्ना पहिलो खेल जितेर यो खेल खेल्दै छन् ।

त्यस्तै शनिबार सम्पन्न समूह बी का पहिलो खेलमा श्रीलंका र बंगलादेश विजयी भएका छन् ।  श्रीलंकाले जापानलाई र बंगलादेशले आयोजक युएईलाई पराजित गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?