काठमाडौं । चलचित्र ‘झिल्को’ को शुभमुहूर्त गरिएको छ । यादव भट्टराईको निर्देशनमा बन्ने चलचित्र ‘झिल्को’को गौशालास्थित गुहृयेश्वरी मन्दिरमा पूजा गर्दै मुहूर्त गरिएको हो । सामाजिक र पारिवारिक कथामा बन्ने चलचित्रको यही महिनाबाट छायांकन प्रारम्भ हुने जनाइएको छ ।
करिब एक दशकअघि चलचित्र ‘झोला’ निर्देशन गरेर तारिफ पाउनुभएका निर्देशक भट्टराई आफूले तेस्रो चलचित्रको निर्देशन गर्दै गर्दा बल्ल यसरी मुहूर्त गर्ने अवसर जुरेको बताउनुभयो । लेखक कृष्ण धरावासीद्वारा लिखित सतीप्रथाबारे कथा ‘झोला’माथि भट्टराईले बनाएको चलचित्रले समीक्षक र दर्शकबाट तारिफ बटुलेको थियो ।
मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुने चलचित्रमा सुनिल पोखरेल, विशाल पोखरेल, भोलाराज सापकोटा, वर्षा शिवाकोटी बालकलाकार आयुषी ढकालको प्रमुख भूमिका रहनेछ । चलचित्रमा यादवसँगै अरुणदेव जोशी र कवि देवव्रतको संवाद तथा पटकथा छ ।
चलचित्रलाई सिनेमाटोग्राफर दीपक बज्राचार्यले खिच्नुहुने छ । चलचित्रमा आनन्द अधिकारीको गीत, चण्डीप्रसाद काफ्लेको संगीत र नागेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन रहनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच