![एकाएक सरकार परिवर्तनको चर्चा](https://ehimalayatimes.com/wp-content/uploads/2024/02/discussion-on-government-change.jpg)
म्याग्दी । म्याग्दीको बेनी मंगलाघाटमा रहेको जिल्लाकै सबैभन्दा पुरानो (१३६वर्ष) झोलुङ्गे पुलको मौलिक स्वरुप यथावत रहनेगरी पुनःनिर्माण थालिएको छ ।
बेनी नगरपालिका वडा नं ७ मंगलाघाट र वडा नं २ पाती चढाउने डिल जोड्ने उक्त झोलुङ्गे पुल स्थानीय फलाम र कालीगडको प्रयोग गरी वि.सं १९४४ मा निर्माण गरिएको थियो ।
पुल जीर्ण भइ दुर्घटनाको जोखिम बढेपछि पुरानै प्रविधिको प्रयोग गरी पुल पुनःनिर्माणको काम थालिएको बेनी नगरपालिका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो । स्थानीय प्रविधिबाट निर्मित जिल्लाकै पहिलो झोलुङ्गे पुल जीर्ण भएपछि कुल ३४ लाख ९८ हजारको लागतमा पुननिर्माण सुरु गरिएको वडाअध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
अध्यक्ष श्रेष्ठका अनुसार संघीय सरकारको क्षेत्रगत झोलुङ्घे पुल सुधार कार्यक्रमबाट ८०, बेनी नगरपालिकाको १३ प्रतिशत र समुदायबाट २ प्रतिशत श्रमदान लागतमा पुलको पुननिर्माण गरिने भएको हो । तत्कालिन समयमा म्याग्दी जिल्लाका विभिन्न खानीबाट निकालिएको काँचो फलामलाई गोलमा तताएर, कुटेर साङ्ले लठ्ठाहरू बनाएर पुलको निर्माण गरिएको थियो । अहिले पनि तिनै सामग्रीहरुको प्रयोग गरी पुननिर्माण गरिने वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
उक्त झोलुङ्गे पुल जीर्ण हुँदा दुर्घटनाको जोखिम बढेको अवस्थामा मर्मतसमेत गरिएको थियो । मर्मत गरिएपनि लामो समय टिकाउ हुन सकेन । नेपालमा झोलुङ्गे पुल राख्ने अभियान राणा प्रधानमत्री चन्द्रशमसेरले वि.सं.१९६० मा नै गरेका थिए भने देवशम्शेरको शासन कालदेखि झोलुङ्गे पुलको निर्माण गर्न थालिएको थियो । सन् १९६० मा डा हेगनको अगुवाईमा नेपालमा झोलुङ्गे पुल निर्माणको थालनी भएपछि क्रमश नेपालमा झोलुङ्गे पुलहरू निर्माण हुँदै आएका हुन् ।
तर मटेलाको पुल बन्नुभन्दा पहिले वि.सं.१९४४ सालमा स्थानीय प्रविधि र स्रोत साधनलाई प्रयोग गरी म्याग्दीको बेनीमा पहिलो झोलुङ्गे पुल निर्माण भएको तथ्याङकले देखाउँछ ।
बागलुङको गलकोटका स्व.लालप्रसाद शेरचनले लुकुर वनको काँचो फलाम र म्याग्दीको रुम गाउँका स्थानीयवासीको पुलमा काम गर्ने सीपलाई प्रयोग गरी सो पुल बनाएका थिए। तत्कालीन समयमा माथि र तल गरी दुईवटा साङ्ले लठामा फलामको पाता राखेर एउटा काठको फल्याक मात्रै राखेर वारपार गर्ने झोलुङ्गे बनाइएको थियो ।
कुनै जमानामा म्याग्दीको सदरमुकाम बेनीको मङ्गलाघाटमा म्याग्दी नदीमाथि निर्मित झोलुङ्गे पुल, म्याग्दी र मुस्ताङका दुर्गम बस्तीबाट हप्ता दिन पैदल हिँडेर नेपालका विभिन्न स्थान र भारतसम्म आवत-जावतका लागि प्रयोग हुने गर्ने गरेका थिए । पुलमा प्रयोग भएको साङ्ले लठा सोही समयमा स्थानीय स्रोत र सीपलाई प्रयोग गरी बनाइएका हुन् ।
गाउँ गाउँबाट श्रमदान गर्न ठुलो संख्यामा आएकाहरूबाट खुल्ला आकाशमा भोक भोकै काम गरेका थिए । विसं २०१४ मा म्याग्दीको बाबिया चौरमा बसोबास गर्ने पुलका निर्माणकर्ता शेरचनका नाति भीमप्रसाद शेरचनका दाजुभाइको पहलमा झोलुङ्गेलाई हटाएर झोलुङ्गे पुलको रुपमा विकास गरिएको स्थानीय जेष्ठ नागरिक नैनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच