क्यानबेरा । अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गर्नुभएको छ । अल्बानिजले मंगलबार संघीय र उत्तरी क्षेत्र (एनटी) सरकारबाट उत्तरी क्षेत्रभरिका दुर्गम समुदायका लागि आवास निर्माण गर्न चार अर्ब अष्ट्रेलियन डलर (२.६ अर्ब अमेरिकी डलर)को संयुक्त लगानी कोष घोषणा गर्नुभएको छ ।
यस योजनाअन्तर्गत सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समुदायका लागि ६५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरताअन्तर्गत प्रत्येक वर्ष २७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।
‘आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैरआदिवासी अष्ट्रेलियालीबीचको खाडल कम गर्न मद्दत गर्नेछ’, अल्बानिजले घोषणा कार्यक्रममा भन्नुभएको छ । उक्त कोषमा आधाभन्दा बढी लगानी संघीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अष्ट्रेलियाली डलर एनटी सरकारको हुनेछ । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच