काठमाडौं । स्वस्थ लघुवित्त, समृद्ध सदस्य भन्ने नाराका साथ फागुन ५ र ६ गते काठमाडौंमा चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ । यसपटकको सम्मेलन मुख्यरूपमा लघुवित्त सेवालाई स्वच्छ, स्वस्थ तथा लक्षित वर्गको सामाजिक, आर्थिक समृद्धि स्थापित गर्ने अस्त्रका रूपमा अघि बढाउन केन्द्रित हुने आयोजकले जनाएको छ ।
सम्मेलनले हरेक लघुवित्त सदस्यलाई उद्यमी बनाई आत्मनिर्भर बन्नतर्फ विशेष जोड दिने लघुवित्त सदस्य सम्मेलनका अध्यक्ष शंकरमान श्रेष्ठले बताउनुभएको छ । सम्मेलनबारे जानकारी दिन बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले सम्मेलनमा लघुवित्तका प्रवद्र्धक, सञ्चालक, व्यवस्थापक, कर्मचारी, नीतिगत तथा नियामक निकायका करिब सात सय प्रतिनिधि एकै ठाउँमा भेला भएर लघुवित्त क्षेत्रका कमी कमजोरीबारे समीक्षा गर्ने बताउनुभयो ।
लघुवित्त क्षेत्रमा देखिएका विकृति, विसंगति र विचलनलाई नियन्त्रण गरी लघुवित्त सेवालाई अझ स्वच्छ, स्वस्थ र सदस्यमुखी, गरिब तथा विपन्नमैत्री र दिगो बनाउन संस्थागत एवं कार्यगत शुद्धीकरण र सवलीकरणका उपाय पहिल्याउन, लक्षित वर्गको विकासको नयाँ सम्भावना खोजबिन गर्न र आगामी दुर्ई वर्षमा सम्पन्न गर्ने गरी मार्गचित्र तय गर्ने आयोजकले जनाएको छ ।
आयोजकका अनुसार हाल लघुवित्त वित्तीय संस्था र लघुवित्त गर्ने सहकारी संस्थाले नेपालका ७७ वटै जिल्लामा पुगेर लघुवित्त सेवा प्रदान गर्दै आएका छन् । हाल ५७ वटा लघुवित्त संस्थाले पाँच हजार ८२ शाखामार्फत् करिब ६० लाखलाई लघुवित्तमा आबद्ध गरेका छन् । जसमध्ये २८ लाख सदस्यले लघुवित्त गर्ने संस्थाबाट ऋण लिएर व्यवसाय गरिरहेका छन् । लघुवित्त गर्ने संस्थाले चार अर्ब ३२ करोडभन्दा बढी कर्जा लगानी गरेका छन् । लघुवित्तबाहेक करिब ५० लघुवित्त सञ्चालन गर्ने सहकारी संस्था पनि क्रियाशील रहेका छन् । लघुवित्त सम्मेलनका अध्यक्ष श्रेष्ठले नेपालका लघुवित्त संस्थाहरूले हालसम्म करिब चार खर्ब बजारको कर्जा प्रदान गरेको दाबी गर्नुभएको छ । कुल कर्जाको पाँच प्रतिशत खराब कर्जा रहेको पनि उहाँले बताउनुभएको छ ।
देशको समग्र आर्थिक गतिविधिमा आएको सुस्तता, लघुवित्त कारोबार गर्ने संस्थाबीच अधिक प्रतिस्पर्धा, लघुवित्तप्रति आमसर्वसाधारणमा भ्रम सिर्जना गर्ने समूहको सक्रियतालगायतका कारण नेपालको लघुवित्त क्षेत्र यतिबेला विषम परिस्थितिबाट गुज्रिरहेको लघुवित्तकर्मीले बताएका छन् । लघुवित्त सञ्चालन गर्ने संस्थाको कर्जा असुली प्रभावित बन्दा खराब कर्जा बढेको उनीहरूको भनाइ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच