नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय रग्बी

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल रग्बी संघ र एसिया राग्बीको संयुक्त आयोजनामा यु-१८ एसिया रग्बी सेभेन्स प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा एसियाका आठ राष्ट्रको सहभागिता रहने नेपाल रग्बी संघका सचिव तथा प्रवक्त गोविन्द घिमिरेले जनाउनुभएको छ । घिमिरेका अनुसार नेपालसहित भारत, चीन, ताइपेई, दक्षिण कोरिया, थाइल्याण्ड, मलेसिया, बंगलादेश र युएई सहभागी हुने छन् ।

पुरुषमा आठ र महिलामा पाँच टिमको सहभागिता रहने छ । नेपाली रग्बीको इतिहासमा नेपालमा पहिलो पटक रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो । नेपाली टोली हेटौंडाको गौरीटारस्थित रंगशालामा बन्द प्रशिक्षणमा छ । प्रतियोगितालाई सफलतापूर्वक समपन्न गर्न नेपाल रग्बी संघको कार्यवाहक अध्यक्ष दीपक देवकोटाको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।

त्यस्तै समारोह उपसमिति, प्रवाधिक उपसमिति, खेल मैदान व्यवस्थापन उपसमिति, बसोवास व्यवस्थापन उपसमिति, यातायात व्यवस्था उपसमिति, खेलसामग्री तथा पोशाक व्यवस्थापन उपसमिति, स्वयंसेवक उपसमिति, सुरक्षा उपसमिति पनि गठन गरिएको छ । दुई दिने प्रतियोगिताका खेलहरू त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?