उसुका १२ खेलाडी छनोट

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । चीनको होङझावमा हुने १९औँ एसियाली खेलकुदअन्तर्गत उसुको अन्तिम खेलाडी छनोट प्रतियोगिता सम्पन्न भएको छ । थाउलोमा सात र सान्सौंमा पाँच गरी जम्मा १२ खेलाडी छनोट भएको उसुका मुख्य प्रशिक्षक अम्बरकुमार थिङले जनाउनुभएको छ । दुई खेलाडीबाहेक सबै विभागीय टोलीका हुन् ।

थाउलोतर्फ छाङ छ्वानको पुरुषमा नेपाल आर्मीका विजय सिञ्जाली तथा महिलामा आर्मीकै सुस्मिता तामाङ छनोट हुनुभयो । नान् छ्वान अलराउण्डको पुरुषमा कर्णाली प्रदेशका दीपक हमाल तथा महिलामा बागमतीकी निमा घर्ती मगर छनिनुभयो । थाइची छ्वान अलराउण्डको पुरुषमा आर्मीका पासाङ शेर्पा तथा महिलामा आर्मीकै सविता राई छनोट हुनुभयो । महिला चेन सु/छियाङ सुमा एपिएफकी कविता थापा छनोट हुन सफल हुनुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको सान्सौंतर्फ पुरुष ५६ केजीमा एपिएफका रोहित चुनारा, ६० केजीमा एपिएफकै मंगलप्रसाद थारु, ६५ केजीमा नेपाल प्रहरीका समन घुस्री र ७० केजीमा आर्मीका पदम राईले अन्तिम छनोटमा सफलता पाउनुभयो । महिला ५२ केजीमा आर्मीकी एलिना चौधरी छनोट हुन सफल हुनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?