यस्तो छ- आजको विदेशी मुद्राको विनिमय दर

Read Time = 2 mins

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३०.९७ रुपैयाँ रहेको छ भने बिक्री दर १३१.५७ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४२.९१ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.५७ रुपैयाँ रहेको छ ।

हिजो डलरको खरिद दर १३० रूपैयाँ ९७ पैसा र बिक्री दर १३१ रूपैयाँ ५७ पैसा रहेको छ। युरो एकको खरिद दर १४२ रूपैयाँ ०३ पैसा र बिक्री दर १४२ रूपैयाँ ६८ पैसा रहेको थियो ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८७.३२ रुपैयाँ रहेको छ भने बिक्री दर ८७.७२ रुपैयाँ कायम रहदाँ क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९३  पैसा र बिक्रीदर ९९ रुपैयाँ ३९ पैसामा कारोबार हुनेछ ।

यसैगरी,जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ७ पैसा र बिक्रीदर ९ रुपैयाँ १२ पैसा, बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद दर १६६.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १६७.१७ रुपैयाँ रहेको छ तथा दक्षिण कोरिया वान १०० को खरिदमा ९ रूपैयाँ ९५ पैसा र बिक्रीदर  १० रूपैयाँ कायम गरिएको छ ।

त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ १० पैसा रहेको जनाएको राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३४.९२ रुपैयाँ तथा बिक्री दर ३५.०८ रुपैयाँ र मलेसियन रिगिट एकको खरिद दर २८.०६ रुपैयाँ रहेको छ भने बिक्री दर २८.१९ रुपैयाँमा कारोबार हुनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?