काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सञ्चालकमा छजना सञ्चालक चयन भएका छन् । बुधबार सम्पन्न ३०औँ वार्षिक साधारणसभाबाट छजना सञ्चालक निर्विरोध निर्वाचित भएका हुन् ।
संस्थापक सेयरधनीबाट सुरेशलाल श्रेष्ठ, पवनकुमार अग्रवाल, राहुल अग्रवाल, राजनकृष्ण श्रेष्ठ रहेका छन् भने सर्वसाधारण सेयरधनीतर्फबाट सुमितकुमार केडिया र प्रभुकृष्ण श्रेष्ठ रहेको कम्पनीले जनाएको छ ।
साधारणसभाले गत आर्थिक वर्ष २०७९/०८० को मुनाफाबाट सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभामा सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरण प्रस्तुत गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच