पुरुषोत्तममास माहात्म्यको महिमाको केही प्रसंग

Read Time = 22 mins

✍️ तोयराज नेपाल

ब्रहृमाजीका सृष्टिभित्रका चराचर सम्पूर्ण वस्तुहरू मूर्तिधारी छन् । आ-आफ्ना गुणले सबै पूज्य छन् । आ-आफ्ना अधिष्ठातृदेवता नभएका कोही छैनन् । कालका विभागहरू निमेष, काष्ठा, कला, क्षण, लव मुहूर्त दिन रात, पक्ष, मास, ऋतु, अयन र वर्ष आदि सबै ब्रहृमाजीका सृष्टिभित्रका वस्तु हुन् । ती सबैका आ-आफ्ना अधिष्ठातृदेवता छन् । आ-आफ्ना अधिकारमा सबै पूजित छन् । सबै फलदायक छन् । यस्तैमा रूखमा ऐँझेरु पलाएझैँ १२ महिनाका अतिरिक्त एक अधिकमास उत्पन्न भयो । जो सूर्य संक्रान्तिले रहित थियो । जसको नाम, श्रय र अधिष्ठातृ देवता कोही थिएन । त्यसैले चैत्रादि मासको मल ठानी मलमास भनेर सबैले अस्पृश्य, अशुद्ध, अपूज्य र निन्दित माने । त्यसमा स्नान, दान, जप, पाठ, होम, देवपूजन आदि कुनै पनि शुभकर्म गर्न हुँदैन भनी त्यसको निन्दा गर्न लागे ।

त्यसलाई कसैले आश्रय दिएनन् । यसरी सारा लोकले निन्दा गरेका हुँदा ऊ ज्यादै चिन्तित भई मर्ने निश्चयमा पुग्यो । तर पछि धैर्य गरी भगवान् विष्णुलाई सम्झी वैकुण्ठधाममा गयो र विष्णुका शरणमा पर्‍यो । विष्णुको स्तुति गरी विलाप गर्दै मेरो नाम, आश्रय, अधिकार आदि केही छैन भन्दै आफ्नो दुःख निवेदन ग¥यो । सबैले मेरो निन्दा गर्छन्, स्नान, दान, जप, होमादि केही गर्दैनन् । हजुरले मेरो कष्ट दूर गरिदिनुहोस् भन्यो । अनि विष्णुले भन्नुभयो हे ! अधिमास तिम्रो दुःख निवारण गर्न सक्ने मेरो पनि शक्ति छैन । त्यस कारण हामी दुवै गोलोक धाम जाँऔं, जाहाँ भगवान् पुरुषोत्तम श्रीकृष्ण विराजमान हुनुहुन्छ । उहाँले नै तिम्रो दुःख दूर गर्न सक्नुहुन्छ, भनी अधिमासलाई लिएर गोलोक धाम जानुभयो । त्याहाँ गएर विष्णुले पुरुषोत्तम भगवानलाई प्रणाम गरी अधिमासलाई पनि प्रणाम गर्न लगाउनुभयो । अनि आफ्ना अगाडि मलिन मुख गरी बसेका अधिमासलाई देखी पुरुषोत्तमले विष्णुसँग भन्नुभयो ।

पुरुषोत्तममासमा राधासहित पुरुषोत्तम श्रीकृष्णको आराधना गरी यथाशक्ति स्नान, दान, जप, पाठ, पूजा, व्रत, यज्ञ, भजन, नामसंकीर्तन, कथाश्रवण आदि पुण्यकर्महरू अवश्य गर्नुपर्दछ । प्रतिदिन ३३ संख्या अपूप (मालपुवा) काँसका पात्रमा राखी दान गर्नु उत्तम हुन्छ । नसके जतिदिन सकिन्छ त्यति दिन गर्नुपर्दछ । त्यो पनि नसके एक दिन भने अवश्य ३३ मालपुवा दान गर्नु पुण्यदायक हुन्छ ।

हे ! विष्णु गोलोक धाममा आएर पनि चिन्ताग्रस्त यी को हुन् ? किन चिन्तित छन् । अनि विष्णुले भन्नुभयो, हे ! प्रभु यी अधिमास हुन् । विश्वका सबै प्राणीका नाम, आश्रय, अधिकार र अधिष्ठातृदेवता छन्, तर यिनको नाम, आश्रय, अधिकार र अधिष्ठातृदेवता केही नभएका हुँदा यिनलाई सबैले निन्दा गर्दछन् र कसैले स्नान, दान, जप, पाठ, पूजा आदि केही गर्दैनन् । शुभकर्मबाट वर्जित भएका यी अधिमास ज्यादै दुःखित भई मेरा शरणमा आएका हुन् । मैले पनि यिनको दुःख निवारण गर्ने कुनै उपाय नदेखेर हजुरका शरणमा लिएर आएको हुँ । यिनको कष्ट दूर गरिबक्सियोस् भनी प्रार्थना गर्नुभयो । विष्णुको प्रार्थना सुनी पुरषोत्तम भगवान् श्रीकृष्णले भन्नुभयो हे ! विष्णु जसलाई तपाईँले शरण दिनुभएको छ, त्यसलाई म पनि शरण दिन्छु, मेरा शरणमा परेका प्राणीले कहिल्यै पनि दुःख पाउनेछैनन् । त्यस कारण यस अधिमासलाई आजदेखि म सर्वोपरि स्थान दिन्छु । गुण, कीर्ति, ऐश्वर्य, पराक्रम, भक्तलाई वरदान दि ने सामथ्र्य र अरू सबै श्रेष्ठ गुणले गर्दा लोकमा र वेदमा पनि जसरी म सर्वश्रेष्ठ र पुरुषोत्तम नामले प्रख्यात छु ।

आजदेखि यी सबै गुणहरू अधिमासमा पनि समर्पित गरेर मेरो पुरुषोत्तम भन्ने नाम पनि यसलाई दिन्छु । आजदेखि यस अधिमासको नाम पुरुषोत्तममास भयो । यसको अधिष्ठातृदेवता म पुरुषोत्तम नै भएँ । म नै यसको आश्रय पनि भएँ । यो अधिमास पनि म जस्तै सर्वश्रेष्ठ भएर सबै महिनाको राजा, जगत्पूज्य र जगद्वन्द्य हुनेछ । पूजक भक्तहरूका दुःख, कष्ट नाश गरी मोक्षसमेत दिन समर्थ हुनेछ । यो मेरो अनन्य भक्त भयो ।
मदाराधनतो विष्णो ! मदीयाराधनं प्रियम् ।
मद्भक्तकामनादाने विलम्बेक् हं कदाचन ।।
मदीयमासभक्तानां नविलम्बः कदाचन ।
मदीयमासभक्ता ये ममैवातीव बल्लभाः ।। पु.मा.
मलाई मेरो आराधनाभन्दा मेरा भक्तको आराधना प्रिय लाग्छ । कदाचित् मेरा अरू भक्तका कामना पूरा गर्न ढिला होला, तर पुरुषोत्तममासका भक्तका कामना पूर्ण गर्न मबाट कदाचित् ढिलाइ हुनेछैन । फेरि पुरुषोत्तम मासमा जो मूर्खहरू स्नान, दान, जप, पाठ, पूजा, व्रत, होमादि शुभ कर्म गर्दैनन् र मलमास भनी तिरस्कार गर्दछन् भने म तिनीहरूको भाग्य हरण गरिदिनेछु । तिनीहरूले दुःख दारिद्र्य आदि पीडाबाट पीडित भई परलोकमा विभिन्न नरकको भोगसमेत गर्नुपर्छ ।

त्यस कारण पुरुषोत्तममासमा राधासहित पुरुषोत्तम श्रीकृष्णको आराधना गरी यथाशक्ति स्नान, दान, जप, पाठ, पूजा, व्रत, यज्ञ, भजन, नामसंकीर्तन, कथाश्रवण आदि पुण्यकर्महरू अवश्य गर्नुपर्दछ । प्रतिदिन ३३ संख्या अपूप (मालपुवा) काँसका पात्रमा राखी दानगर्नु उत्तम हुन्छ । नसके जतिदिन सकिन्छ त्यतिदिन गर्नुपर्दछ । त्यो पनि नसके एक दिन भने अवश्य ३३ मालपुवा दान गर्नु पुण्यदायक हुन्छ । सक्नेले महिना भर नै स्नान दान आदि शुभकर्म गर्नुपर्छ । नसक्नेले १५ दिन, १० दिन, पाँच दिन वा एक दिनमात्र भए पनि पुरुषोत्तम भगवानलाई सम्झेर शुभकर्म गर्नुपर्दछ । यसबाट त्यस व्यक्तिको कल्याण हुनेछ भनेर भगवान् पुरुषोत्तमले विष्णुलाई बताउनुभएको हुँदा मनुष्यमात्रले पुरुषोत्तममासको व्रत गरी राधासहित पुषोत्तम भगवानको आराधना गरी मनुष्य जीवनलाई सार्थक बानउन अत्यावश्यक छ ।

प्रसंग पुरुषोत्तम मासको निन्दा गर्दा मानिसले अतिदुःख पाँउछ । मानिसको दुर्भाग्यले गर्दा पुरुषोत्तम मासको निन्दा र अपहेलना गर्नतिर बुद्धि लाग्छ । मानिसको अदृष्ट वा भाग्यजस्तो छ त्यस्तै फल भोग्नुपर्दछ । सुख, दुःख, भय, कल्याण आदि सबै मानिसका आफ्ना भाग्यानुसार पाइन्छन् भनिएको पनि छ ।
अदृष्टं यादृशं पुंसां तादृशं भाषते सदा ।
अवश्यमेव भोक्तव्यमदृष्टजनितं फलम् ।।
सुखं दुःखं भयं क्षेममदृष्टात् प्राप्यते जनैः ।
पु.मा. ८ र १३, १४
यस विषयमा राजा युधिष्ठिरलाई श्रीकृष्णले बताउनुभएको एउटा उपाख्यान छ, पाण्डवहरूले छलपूर्ण जुवामा राज्य हारी वनवास गएका वेलामा श्रीकृष्णले युधिष्ठिरलाई यो कथा बताउनुभएको थियो । कृष्णजी भन्नुहुन्छ, जब मानिस भाग्यका वशमा पर्छ, अनि त्यसअनुसार कार्य गर्दछ । हे ! युधिष्ठिर महाराज हेर्नोस्, यी द्रौपदी पूर्वजन्ममा मेधावी नामका ब्राहृमणकी छोरी गुणसुन्दरी नामकी थिइन् । यी सानै हुँदा यिनकी माताको मृत्यु भएको हुँदा बाबुले नै पालन पोषण गरेर हुर्काए । जब १० वर्षकी भइन् अनि छोरीको विवाह गरिदिन उपयुक्त वर खोज्न मेधावी ऋषि हिँडे तर कतै भनेजस्तो वर पाउन सकेनन् ।

बाटैमा बिरामी भएर बल्ल तल्ल घर पुगे । तर घर पुग्नेबित्तकै उनको मृत्यु भयो । गुण सुन्दरीले ठूलो शोक व्यक्त गरिन् । पछि धैर्य धारण गरी बाबुको काज क्रिया गरिन् । अनि एक्ली बालिका बाबुको शोक गर्दै दीन दुःखी भएर श्रममा रहन लागिन् । एक दिन दैववश दुर्वासा ऋषि तिनका आश्रममा आए । गुणसुन्दरीले उनको राम्रोसँग स्वागत सत्कार गरिन् । जब ऋषि हिँड्न लागे अनि ती बालिकाले भनिन्, हे ! ऋषिवर मेरी आमाको सानैमा स्वार्गस भयो । अहिले बाबाको पनि स्वर्गवास भयो । दाजुभाइ कोही छैनन् । विवाह गर्ने बेला भयो, मलाई कसैले विवाह गर्दैन । अब म कसरी जीवन निर्वाह गर्नु ! त्यस कारण म मर्ने विचार गर्दैछु । मेरो दुःख नाश गर्ने कुनै उपाय छ भने बताइदिनुहोस् भनिन् ।
अनि दुर्वासा ऋषिले भने हेर ! गुणसुन्दरी आजका तीन महिनामा पुरुषोत्तम मास आउँदैछ । त्यसमा स्नान, दान, उपवास, जप, पाठ, यज्ञादि शुभ कर्म गरी राधासहित भगवान् पुरुषोत्तमको पूजा आराधना गर, तिम्रा सबै दुःख कष्ट दूर हुनेछन् । यो पुरुषोत्तमभन्दा ठूलो कुनै महिना छैन, कुनै देवता छैन । यसमा पुरुषोत्तम भगवानलाई उद्देश्य गरेर गरिएका सबै शुभ कर्मबाट मानिसका सबै दुःख नाश भई सुख सौभाग्यग्य प्रप्त हुन्छन् र अन्त्यमा मानिस भगवान् पुरुषोत्तमको गोलोकधाममा वास गर्न पाउँछ । त्यस कारण पुरुषोत्तमको आरधना गर भने । यो सुनेर गुणसुन्दरीले त्यो पुरषोत्तम मास भनेको के हो ? माघ, वैशाख, कार्तिक आदि मासभन्दा कसरी ठूलो भयो त्यो त सूर्यसंक्रान्तिले रहित भएको मलमास पो हो त ? भन्दै पुरुषोत्तम मासको निन्दा गरिन् । दुर्वासा ऋषि क्रोधी भए तापनि साथीकी छोरी र सानै उमेरकी भएकी हुँदा उनले श्राप दिएन् । तर यसको फल तिमीले पाउनेछौं भनेर त्याहाँबाट हिँडे ।

अनि ती गुणसुन्दरीले पति प्राप्त गर्ने इच्छाले भगवान् शंकरको नौ हज्जार वर्षसम्म तपस्या गरिन् । शंकरजी प्रसन्न भएर वर मागभन्दा उनले
पतिं देहि पतिं महृयं पतिं पतिमहं वृणे ।
पतिं देहि महादेव ! नान्यन्मे चिन्तितं हृदि ।। पु.मा. ११ र २५ अर्थात् मलाई पति दिनुहोस्, पति दिनुहोस्, भनेर पाँचपटक आफ्नै मुखले उच्चारण गरेकी हुँदा शिवजीले तथास्तु तिमीले भनेकै जति तिम्रा पाँच पति हुनेछन् । तर यस जन्ममा होइन, पछिल्ला जन्ममा, किनकि तिमीले पुरुषोत्तम मासको र पुरुषोत्तम भगवान्को निन्दा गरेकी हुँदा तिम्रो भाग्य यस्तो भएको हो भन्नुभयो । अनि एउटी स्त्रीका पाँच पति नगराइदिनुहोस् भन्दा यो पुरुषोत्तम भगवानले गराउनुभएको हो, मैले होइन भनेर शंकरजी कैलासतिर जानुभयो । यता पुरुषोत्तमको निन्दा गरेकी हुँदा उनको तेज, कान्ति शक्ति सबै नष्ट भयो र आखिरमा उनको जंगलमै मृत्यु भयो ।

त्यसैबेला यज्ञसेन अर्थात् द्रुपद राजाले ठूलो यज्ञ गरेर त्यसै यज्ञका अग्निकुण्डबाट तिनै गुणसुन्दरी द्रौपदीका रूपमा उत्पत्ति भइन् । उमेर पुगेपछि स्वयंवरमा मत्स्य वेध गर्दा धेरै राजाहरूले रिस गरे तापनि अर्जुनले सबै राजाहरूलाई जितेर द्रौपदीलाई घरमा ल्याए । माता घरभित्र हुनुहुन्थ्यो, बाहिरबाट माताजी मैले केही चीज ल्याएकोछु, भनेर अर्जुनले भन्दा पाँचै भाइले बाँडेर उपभोग गर्नू भनी कुन्तीमाताले भन्नुभयो । त्यो पनि पुरुषोत्तमले नै भनाउनुभएको हो ।

मलाई हृदयदेखि नै सम्झिएकी हुँदा वस्त्रावतार लिएर उनको लज्जा बचाएको हुँ । यो वनवासका समयमा विभिन्नकारणले गर्दा तपाईंहरूले पनि पुरुषोत्तम मास आएको थाहा पाउनुभएन, त्यसकारण दुःख पाउनुभएको छ । अब आउने पुरुषोत्तम मासमा तपाईंहरू पनि राम्रोसँग पुरुषोत्तममासको व्रत गरी यथाशक्ति राधासहित भगवान् पुरुषोत्तमको राधना गर्नुहोस् ।

पछि व्यासजीले व्यवस्थित गरिदिनुभएको हुँदा तपाईंहरूले विवाह गर्नुभएको हो । पछि दुःशासनले केशमा समातेर सारी तान्दा पनि पुरुषोत्तमको निन्दा गरेका कारण नै मैले उपेक्षा गरेको थिएँ । पछि मलाई हृदयदेखि नै सम्झिएकी हुँदा वस्त्रावतार लिएर उनको लज्जा बचाएको हुँ । यो वनवासका समयमा विभिन्न कारणले गर्दा तपाईंहरूले पनि पुरुषोत्तम मास आएको थाहा पाउनुभएन, त्यसकारण दुःख पाउनुभएको छ । अब आउने पुरुषोत्तम मासमा तपाईंहरू पनि राम्रोसँग पुरुषोत्तम मासको व्रत गरी यथाशक्ति राधासहित भगवान् पुरुषोत्तमको राधना गर्नुहोस्, तपाईँहरूका सबै दुःख कष्ट नाश भई छिटै राज्य प्राप्ति हुनेछ, भनेर भगवान् श्रीकृष्ण बिदा भएरद्वारका तिर जानुभयो ।

अघि हैयय देशका चित्रधर्मा राजाका छोरा दृढधन्वा राजाले पुरुषोत्तम मासको व्रत गरेर अनन्त ऐश्वर्यको उपभोग गरी अन्त्यमा भगवान् पुरुषोत्तमको गोलोकधाममा प्राप्त भएका थिए । यी राजाले पुष्करावर्तक नगरमा राज्य गरे । यिनकी गुणसुन्दरी नामकी अत्यन्त शीलवती पत्नी थिइन् । यिनबाट चार भाइ छोरा र चारुमती नामकी यौटी पुत्री पनि जन्मिइन् । यी राजाले प्रजालाई ज्यादै सुख दिएर राम्रोसँग राज्य गरेका थिए ।

एक दिन यी राजा सिकार खेल्न वनमा गएर धेरै सिकार खेले । आखिरमा एउटा मृगलाई बाण हाने । त्यो बाण लिएर रगत चुहाउँदै मृग भाग्यो । राजा मृगलाई लखेट्तै पछि लागे । बीच जंगलमा मृग हरायो । राजा थकित भएर तलाउमा गई पानी पिएर वरका छायांमा बसे । त्यस वरका रूखमा एउटा सुगा आएर यसो भन्यो ।
विद्यमानातुलसुखमालोक्यातीव भूतले । न चिन्तयसि तत्वं त्वं तत्कथं पारमेष्यसि ।। पु.मा.
अर्थात् सांसारिक भोगमा रमाएर तत्व चिन्तातिर लाग्दैनौ भने संसार सागर कसरी पार तरौला भन्यो । तर राजाले त्यसको तात्पर्य बुझेनन् र यसले के भन्यो होला भनी चिन्तत हुँदै घर गए । घरमा पनि चिन्ताले खान रुच्न छाड्यो, सुत्न पनि सकेनन् । पत्नीले सोध्दा केही पनि बताएनन् । यत्तिकैमा एकदिन वाल्मीकि ऋषि आए । उनको स्वागत सत्कार गरेपछि यो घटना ऋषिाई बताए । अनि यो मेरो अतुल ऐश्वर्य कुन पुण्यका प्रभावले भएको हो भनेर पनि सोधे । अनि वाल्मीकिले राजाका पूर्वजन्मको वृत्तान्त यसरी बताए ।

हेराजन् ! तपाईं पूर्वजन्ममा सुदेव नामका ब्राहृमण हुनुहुन्थ्यो । तपाईँकी पत्नी यी गुणसुन्दरी सुदेवकी पत्नी गौतमी नामकी थिइन् । तिनीहरूको गृहस्थाश्रम राम्रोसँग चलेको थियो । सन्तान न हुँदा सुदेव दुःखित थिए । तर गौतमीले छोराबाट चित्र केतु र अंग राजा आदिले दुःख र शोक भोग्नुपरेको कुरा बताउँदा पनि सुदेवको चित्त बुझेन । अनि गौतमीले- त्यसो भए श्रीहरि भगवानको आराधना गरौं भनिन् । अनि दुवै जनाले ताम्रपर्णी नदीका तटमा चार हज्जार वर्षसम्म कठोर तपस्या गरे । भगवान् नरायण प्रसन्न भएर दर्शन दिनुभयो र वर मागभन्दा राजाले छोरो दिनुहोस् भने । भगवान्ले भन्नुभयो छोरो ता तिमीलाई छैन, त्योबाहेक के माग्छौभन्दा ब्राहृमणले ज्यादै विलाप गरी भूमिमा ढले । पछि गरुडजीका अनुरोधमा पुत्र प्राप्तिको वरदान दिनुभयो ।

गरुडजीले भन्नुभयो ! छोरो ता तिमीहरूलाई हुन्छ तर त्यसका कारण तिमीहरूलाई ठूलो दुःख हुनेछ, भन्दा पनि राजाले जे भए पनि छोरो दिनुहोस् भने । कालन्तरमा छोरो जन्मियो । त्यसको शुकदेव भन्ने नाम राखे । ती बालक ज्यादै असल थिए । एकदिन ती ब्राहृमणका घरमा देवल ऋषि आए । उनको स्वागत सत्कार गरे । छोराले पनि अभिवादन गरे । अनि ब्राहृमणले छोराको भाग्य सोधे । ऋषिले भने ! पहिले आयुको विचार नगरी के भाग्यको कुरा गर्नु । भनेर उसका निधारमा हेरेर भने,
अवश्यम्भाविनो भावा भवन्त्येव न संशयः ।
तत्र प्रतिविधिर्नास्ति मुमूर्षोरिव भैषजम् ।। पु.मा. १६ र ३४ हुने कुरा नभई छाड्दैन । जस्तै मर्नआँटेकालाई औषधिले केही काम गर्दैन, त्यस्तै यो बालक बाह्र वर्षमा जलमा डुबेर अवश्य मर्छ, तपाईं शोक नगर्नुहोस् भने । ब्रहृमणले खुवै शोक गरेर भूमिमा ढले । गौतमीले हुने कुरा नभई छाड्दैन, त्यसमा शोक नगर्नुहोस् भनिन् । पछि भगवान् हरिका चरणको सम्झना गरेर चित्त बुझाए । क्रमशः

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?