खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको श्री माध्यमिक विद्यालय(श्रीमावि)को विद्यालय व्यवस्थापन समिति सदस्यको चुनाव हुने भएको छ ।
विव्यास समितिको खुल्ला पुरुष दुई सदस्यका लागि सम्पूर्ण प्रक्रिया पूरा भएपछि बुधबारका लागि निर्वाचन तालिका सार्वजनिक भएको हो ।
विव्यास दुई पुरुष सदस्यका लागि गिरीराज घिमिरे, उमनाथ ढुङगाना, होमलाल मुग्राति र प्रमोद घिमिरे चुनावी मैदानमा उत्रेका छन् । गिरीराजलाई कांग्रेस, उमनाथलाई माओवादी केन्द्र तथा होमलाल र प्रमोदलाई एमालेको समर्थन छ । कांग्रेस र माओवादीको गठबन्धन रहेको श्रोतले जानकारी दिएको छ ।
विव्यास दुई महिला सदस्यमा भने मिना लिम्बु राई र सुस्मिता विक सहमतिमा छनौट हुनुभएको छ । मिनालाई माओवादी केन्द्र र सुस्मितालाई कांग्रेसको समर्थन रहेको थियो।
तत्कालिन विव्यास अध्यक्ष खाल्लेका खगेन्द्र राई २०७४ को स्थानीय निर्वाचनबाट खाल्ले वडाध्यक्षमा निर्वाचित भएपछि राजिनामा दिएसँगै ज्येष्ठताका आधारमा लफ्याङका प्रश्नराज राईले निमित्त विव्यास अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको थियो । प्रश्नराजको पनि एक हप्ता अगाडी कार्यकाल समाप्त भएपछि विद्यालय विव्यास समितिको गठन प्रक्रियामा अघि बढेको हो ।
शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार निर्वाचित चारजना विव्यास सदस्यले बुद्धिजिवी, संस्थापक र चन्दादाता मध्येबाट एक पुरुष र एकजना महिला मनोनित गर्नुपर्ने प्रावधान छ । तर, यहाँ दुईजना पुरुष सदस्यकै लागि चुनाव हुँदा विद्यालयले अझै लामो समय अध्यक्ष नपाउने देखिएको छ ।
चुनावबाट दुईजना सदस्यको टुंगो लागेपछि मात्रै शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ अनुसार अध्यक्षको छनोट प्रक्रिया अगाडी बढ्नेछ ।
विद्यालयमा विव्यास सदस्यको निर्वाचन तालिका नै सार्वजनिक भईसकेको विषयमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर एवंम् नगर शिक्षा संयोजक तीर्थराज भट्टराईलाई सम्पर्क गरेर प्रतिक्रिया बुझ्न खोज्दा उहाँको फोन अफ थियो ।
श्रीमाविमा खाल्लेका ५० र लफ्याङका ५० प्रतिशत विद्यार्थी अध्ययनरत छन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच