काठमाडौं । काठमाडौं विश्वको सबैभन्दा बढी वायु प्रदूषण हुने सहरको सूचीको तेस्रो स्थानमा परेको छ । वायु प्रदूषण मापक आईक्यू एअरका अनुसार सोमबार बिहान काठमाडौं विश्वका १२१ वटा सहरमध्ये सबैभन्दा प्रदुषित सहरको ‘टप थ्री’मा परेको हो ।
आईक्युएयरका अनुसार काठमाडौंको वायु प्रदुषण स्तर १६९ एक्युआई यूएस रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार यस्तो सूचक १५० भन्दा माथि जानु स्वास्थ्यका लागि हानीकारक हो ।
यसअघि आइतबार दिउँसो काठमाडौं विश्वको सबैभन्दा प्रदूषित सहर बनेको थियो । आइतबार वायु प्रदुषण स्तर १९१ एक्युआई यूएस पुगेको थियो । आज दिउँसो पनि वायु प्रदुषणको स्तर बढ्न सक्ने मौसमविदहरुले बताएका छन् ।
देशका केही स्थान र भारतको उत्तर प्रदेशमा भइरहेको आगलागीका कारण काठमाडौंको वायुमण्डल प्रदूषित भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सोमबार बिहान मापन गरिएको इन्डेक्स अनुसार भारतको राजधानी दिल्ली विश्कै सबैभन्दा प्रदूषित सहर बनेको छ । त्यस्तै थाइल्याण्डको चियाङ माइ दोस्रो, काठमाडौं तेस्रो, बंगलादेशको ढाका चौथो स्थानमा छ्न् ।
केही दिनयता काठमाडौँ उपत्यकासहित नेपालको वायुमण्डल तुवाँलोले भरिएको छ । वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर गर्ने हुँदा सजकता अपनाउन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् । अनावश्यक रुपमा बाहिर हिड्डुल नगर्न र निस्कनै परे मास्क तथा चस्माको प्रयोग गर्न पनि स्वास्थ्यकर्मीहरुको अनुरोध छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच