एजेन्सी । पोर्चुगिज भेट्रान स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले युभेन्ट्ससँगको पारिश्रमिकसम्बन्धी कानुनी लडाइँ जित्नुभएको छ । साउदी प्रो लिग क्लब अल नासरबाट खेलिरहनुभएका रोनाल्डोले कोभिड-१९ महामारीका बेला तलब नपाएको भन्दै युभेन्ट्सविरुद्ध मुद्दा दायर गर्नुभएको थियो । युभेन्ट्सले पूर्वखेलाडी रोनाल्डोसँग मध्यस्थताको मुद्दा हारेको स्पोर्ट्स इटालियाका पत्रकारले जानकारी दिएका छन् ।
पाँचपटकका बालोन डी’ओर विजेता रोनाल्डोले लकडाउनको समयमा आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाउनुभएको थियो । तर, प्रतिज्ञा गरेअनुसार आफूलाई क्बलले १७ मिलियन पाउण्ड भुक्तानी नदिएको भन्दै उहाँले मुद्दा दायर गर्नुभएको थियो ।
अब युभेन्ट्सले उक्त रकमको ब्याजसहित ८३ मिलियन पाउण्ड तिर्नुपर्ने इटालियन मिडियाहरूले जनाएका छन् । रोनाल्डोले अगस्ट २०२१ मा युभेन्ट्स छोड्नुभएको थियो । तीन सिजन बिताउनुभएका उहाँले १३४ खेलमा १०१ गोल गर्नुभएको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच