मर्जरपछि हिमालयन एभरेष्टको साधारणसभा

Read Time = 1 min

काठमाडौं । मर्जरपछि हिमालयन एभरेष्ट इन्स्योरेन्सले पहिलो २९औँ वार्षिक साधारणसभा राजधानीमा सम्पन्न गरेको छ । मर्जरपछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुगेको छ भने अझै २० करोड रुपैयाँ थप गरी पुँजी दुई अर्ब ५० करोड पुर्‍याउनुपर्नेछ । गत साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको कम्पनीले निर्विरोधरूपमा सञ्चालक समिति चयन गरेको छ भने सर्वसाधारण सेयरधनीतर्फबाट अजयरत्न स्थापित र हेमराज थापालाई सञ्चालकमा चयन गरेको छ ।

संस्थापक सेयरधनीमा महेन्द्रकृष्ण श्रेष्ठ, विजितकृष्ण श्रेष्ठ र भारती पाण्डे चयन भएका छन् । साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट सेयर लगानीकर्तालाई चुक्ता पुँजीको २.७५ प्रतिशत बोनस सेयर पनि पारित गरेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?