काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले प्रतिनिधि सभा सदस्य गुरुङको निलम्बन फुकुवा गरिएको जानकारी दिनुभयो ।
सर्वोच्चले १६ चैतमा अख्तियारको निर्णय र त्यसका आधारमा गरिएका परिपत्रहरू बदर गर्ने फैसला सुनाएको थियो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गुरुङविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेपछि उहाँ निलम्बनमा पर्नुभएको थियो ।तर सर्वोच्च अदालतले उक्त निर्णय तथा सोको आधारमा गरिएको पत्राचारहरू उत्प्रेषणको आदेशले बदर गरिदिएको थियो ।
भ्रष्टाचार मुद्दाको अन्तिम टुंगो नलाग्दासम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्थाअनुसार उहाँलाई संसद् सचिवालयले २०७९ पुष १२ गतेदेखि निलम्बन गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच