काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहले दिवंगत र्यापर गायक यमबुद्धको शालिक आफ्नो तलबको रकमबाट बनाउने बताउनु भएको छ ।
काठमाडौं महानगरपालिकाको बजेटबाट यमबुद्धको शालिक बनाउने घोषणा गरेपछि विवाद भएको थियो । महानगरपालिकाले आर्थिक वर्ष २0७९/0८0 को बजेटमा शालिक निर्माणको लागि बजेट विनियोजन गरेपछि विवाद सिर्जना भएको हो ।
महानगरबासीको आवश्यकता भन्दा आफ्नो व्यक्तिगत चाहनाको योजनामा बजेट राखिएको भन्दै बालेनको विरोध भएको थियो ।
शनिबार दिउँसो फेसबुकमा स्टाटस लेख्दै बालेनले आफ्नो तलबको रकमबाट यमवुद्धको शालिक बनाउने घोषणा गर्नुभएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच