![मुलुकको अर्थतन्त्र सुधारोन्मुख, अधिकांश सूचक सकारात्मक](https://ehimalayatimes.com/wp-content/uploads/2024/01/Nepal-Rastra-Bank-2-hita.jpg)
नयाँदिल्ली । कोलकाता नाइट राइडर्स भारतमा जारी १७औँ संस्करणको इण्डियन प्रिमियर लिग(आइपिएल) क्रिकेटको प्ले अफमा पुग्ने पहिलो टोली बनेको छ । यो सिजन उत्कृष्ट लयमा रहेको कोलकाताले शनिबार राती वर्षाले प्रभावित खेलमा मुम्बई इण्डियन्सलाई १८ रनले पराजित गर्दै प्ले अफमा पुगेको हो ।
जितसँगै १२ खेल खेलेको कोलकाताले १८ अंक जोडेको छ । शीर्ष स्थानमा रहेको कोलकाताले दुई खेल खेल्न बाँकी रहेको छ । पराजित मुम्बईको भने यो नवौँ हार हो । नवौँ स्थानमा रहेको मुम्बईको १३ खेलबाट आठ अंक छ । मुम्बई यसअघि नै प्ले अफ दौडबाट बाहिरिसकेको छ । कोलकाताले दिएको १५८ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित १६ ओभरमा ८ विकेट गुमाउँदै १३९ रनमात्रै बनाउन सक्यो ।
मुम्बईका ओपनर इशान किशनले सर्वाधिक ४० रन बनाउनुभयो । २२ बल खेल्नुभएका उहाँले ५ चौका र २ छक्का प्रहार गर्नुभयो । तिलक बर्मा ३२, रोहित शर्मा १९ र नमन धीर १७ रनमा आउट हुँदा अंशुल कन्बोज २ र पीयुष चावला १ रनमा अविजित रहनुभयो ।
कोलकाताका आन्द्रे रसेल, वरुण चक्रवर्ती र हर्षित राणाले २/२ विकेट लिनुभयो । सुनील नारायणको नाममा १ विकेट रहृयो । त्यसअघि इर्डन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै १५७ रन बनाएको थियो । वर्षाका कारण खेल १६ ओभरमा झारिएको थियो । कोलकाताका वेंकटेश अøयरले सर्वाधिक ४२ रन बनाउनुभयो ।
२१ बल खेल्नुभएका उहाँले ६ चौका र २ छक्का प्रहार गर्नुभयो । नितिश राणा ३३, आन्द्रे रसेल २४ र रिन्कु सिंह २० रनमा आउट हुँदा रमनदीप सिंह १७ र मिचेल स्टार्क २ रनमा अविजित रहनुभयो । मुम्बईका जसप्रीत बुमराह र पीयुष चावलाले २/२ विकेट लिनुभयो । नुवान तुषारा र अंशुल कन्बोजको नाममा १/१ विकेट रहृयो । एजेन्सी ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच