काठमाडौं । नेपाली अल्ट्रा धाविका सुनमाया बुढा स्पेनमा भएको ट्रान्सभुल्कानिया अल्ट्रा म्याराथनमा तेस्रो हुनुभएको छ । स्पेनको क्यानरी आइल्याण्डस्थित भोल्क्यानिक आइल्याण्ड ला पाल्मामा भएको ७२ किलोमिटरको उक्त अल्ट्रा म्याराथनमा सुनमायाले आठ घण्टा २० मिनेट ३१ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो ।
उहाँ पहिलो भएको धाविकाभन्दा १८ मिनेट र दोस्रो भएकी धाविकाभन्दा चार मिनेटले मात्र पछि हुनुहुन्थ्यो । पहिलो हुनुभएकी रुथ क्रोफ्टले आठ घण्टा दुई मिनेट ४९ सेकेण्डमा दौड पूरा गर्नुभयो भने दोस्रो हुनुभएकी इदा निल्सनले आठ घण्टा १६ मिनेट ३२ सेकेण्डमा दौड पूरा गर्नुभएको थियो । ट्रान्सभुल्कानिया विश्वकै कठिन रेसमध्ये एक हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच