![साँझ परेपछि बालेनले लेखे ओलीलाई सम्बोधन गरेर कडा स्टाटस](https://ehimalayatimes.com/wp-content/uploads/2023/05/Balenshah.jpg)
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद् बैठकमा अवरोध गरेको छ ।
यसअघि पनि अवरुद्ध गर्दै आएको कांग्रेसले मङ्गलबार साँझ ६ बजे सुरु भएको प्रतिनिधिसभा बैठकमा कांग्रेसले अवरोध कायम राखेको हो ।
सहकारी अनियमिततामा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले आज सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रस्तुत हुन दिएर संसद बैठक अघि बढ्न नदिने बताएको थियो ।
आज बसेको संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । लगतै राष्ट्रपतिलाई धन्यवाद दिने प्रतिनिधिसभाको बैठक बसेको थियो । तर कांग्रेस सांसदहरुले वेल घेराउ गर्दै नारावाजी गरेका थिए ।
कांग्रेसले उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि उच्चस्तरीय छानबिन समिति नबनेसम्म संसद् अगाडि बढ्न नसक्ने अडान राख्दै आएको छ ।
काँग्रेसले आज राष्ट्रिय सभा बैठक अवरुद्ध पारेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच