-मन्जु मैनाली
हेटौंडा । प्रहरीले मकवानपुरबाट १ सय ५० केजी लागुऔषध गाँजासहित ७ जना भरियालाई पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ पर्नेहरुमा राक्सिराङ गाउँपालिका-३ का सुरेश प्रजा, राक्सिराङ-७ का १९ वर्षीय टीकाराम प्रजा, कैलाश गाउँपालिका-४ का २८ वर्षीय बमबहादुर प्रजा, २७ वर्षीय हरिकुमार प्रजा, कैलाश गाउँपालिकाकै २७ वर्षीय वीरमान चेपाङ, मनहरी गाउँपालिका-४ का ४४ वर्षीय रामहरी लुईंटेल र मनहरी गापा-५ का ३६ वर्षीय दीपक थापा मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरको अनुसार, मंगलबार दिउँसो जिल्ला मकवानपुर मनहरी गाउँपालिका-४ माथिल्लो मसिने भन्ने स्थानको पर्सा राष्ट्रिय निकुञ्जको कोर इलाका नजिक रहेको मध्यवर्ति सामुदायिक बनमा पर्सा राष्ट्रिय निकुन्ज लामिटारबाट खटिएको कर्मचारी र सोही निकुन्ञको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले चेकजाँच गरेका थिए । चेकजाँच गर्नेक्रमा उनीहरुले पैदल बोरामा बोकेर लागुऔषध गाँजा पर्सा जिल्ला तर्फ लैजाँदै गरेको अबस्थामा पक्राउ गरिएको हो ।
सेनाले प्रहरीलाई खबर गरे पछि जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट टोली खटी बोरामा बोकी ल्याएको लागुऔषध १ सय ५० के.जीसहित फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका ७ जना माथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको जनाइएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच