मुलपानीले ओडिआई मान्यता पाएपछि क्यानले मनायो केक काटेर खुसीयाली

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेपाल (क्रिकेट संघ क्यान) ले मूलपानी मैदानले पनि एकदिवसीय (ओडिआई) मान्यता प्राप्त गरेको खुसियालीमा केक काटेर उत्सव मनाएको छ ।

क्यानका पदाधिकारी तथा कर्मचारीहरूलाई क्यानका अध्यक्ष चतुरबहादुर चन्दले केक काटेर खुवाउँदै उत्सवको रुपमा खुसीयाली साटासाट गर्नुभएको हो ।

क्यानको मुख्यालयसमेत रहेको मूलपानीको माथिल्लो मैदानले शनिबार ओमान र युएईबीचको एक दिवसीय क्रिकेट खेल आयोजना भएसँगै उक्त मैदानले अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।

यसअघि नेपालमा एक मात्र अन्तर्राष्ट्रिय क्रिकेट मैदानको रुपमा त्रिभुवन विश्वबिद्यालय क्रिकेट मैदान मात्रै रहेको थियो । सन २०२० मा त्रिबी खेल मैदानले ओडिआई मान्यता पाएको तीन बर्ष पछि मुलपानी मैदानले पनि सो मान्यता प्राप्त गरेको हो ।

शनिवारबाट नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त दुईवटा क्रिकेट मैदान भएका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?