कोलम्बो । श्रीलंकामा यसै वर्षको जनवरीमा हालसम्म पाँच हजारभन्दा बढी डेंगु संक्रमित बिरामी फेला परेका छन् । राष्ट्रिय डेंगु नियन्त्रण एकाइले मंगलबार जनाए अनुसार जनवरीको पहिलो आधामा पाँच हजार ८२९ जनामा संक्रमण देखिएको उल्लेख छ । पश्चिमी प्रान्तमा सबैभन्दा बढी एक हजार ९५६ मामिलाहरू रिपोर्ट गरिएको छ भने, उत्तरी प्रान्तमा एक हजार ३९० मामिला छन् ।
गत वर्ष, श्रीलंकामा ८८ हजार ३९८ डेंगुका घटनाहरू रिपोर्ट गरिएको थियो जसमा ५७ जनाको मृत्यु भएको थियो । जनवरीको सुरुमा, स्वास्थ्य मन्त्रालयले देशमा लामखुट्टेबाट हुने रोगको फैलावट रोक्न देशव्यापी डेंगु रोकथाम सप्ताह घोषणा गरेको थियो । रासस/सिन्हृवा ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच