असंलग्न आन्दोलनको बैठक युगाण्डामा सुरु

न्युज एजेन्सी नेपाल
न्युज एजेन्सी नेपाल
Read Time = 4 mins

काठमाडाैं । असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा शुरु भएको छ । असंलग्न आन्दोलन ९नाम० का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमवार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शिर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् ।

बैठकको उद्घाटन अजरबैजानका विदेश मामिलाका उपमन्त्री र अजरबैजानी प्रतिनिधिमण्डलका प्रमुख याल्चिन रफियेभले गर्नुभएको थियो । जसमा जटिल विश्वव्यापी चुनौतीहरूमा सदस्य राष्ट्रहरूलाई एकतावद्ध रहन आग्रह गरिएको छ ।

अजरबैजानले २०१९ मा एनएएमको अध्यक्षता ग्रहण गरेको र यो हप्ताको अन्त्यमा युगाण्डालाई हस्तान्तरण गर्ने तयारी गरिएको छ । युगाण्डाको परराष्ट्र मन्त्रालयका स्थायी सचिव भिन्सेन्ट बागिरेले युगान्डाले एनएमएको नयाँ अध्यक्षको रूपमा बैठकको एजेण्डा शिर्षकमा के हुनुपर्छ भन्नेमा सहमतिमा पुग्ने कुरा सुनिश्चित गर्ने बताउनुभयो ।

पूर्ण सत्रमा, संयुक्त राष्ट्रका लागि प्यालेस्टाइनका राजदुत रियाद मन्सुरले सदस्यहरूलाई प्यालेस्टाइन–इजरायल संकटलाई सम्बोधन गर्न आग्रह गर्नुभयो । मन्सुरले एनएएमले धेरै चुनौतिहरूको सामना गरिरहेको र मध्य पूर्वको संकट सबैभन्दा दबाबपूर्ण रहेको बताउनुभयो ।

लेबनान, संयुक्त अरब इमिरेट्स, इराक, टोगो, मोरिटानिया र माल्दिभ्स लगायतका प्रतिनिधिहरूले इजरायल–प्यालेस्टाइन मुद्दालाई एजेण्डाको मुख्य स्थानमा राख्ने प्रयासलाई समर्थन गरे । सोमालियाको विदेश मामिला र अन्तर्राष्ट्रिय सहयोग मन्त्रालयका स्थायी सचिव हम्जा अदान हाडोउले बैठकमा सदस्य राष्ट्रहरूले सोमालियाको सार्वभौमसत्तालाई आफ्नो छिमेकीहरूमध्ये एउटा देशले हनन गरेको कुरालाई पनि सम्बोधन गर्नुपर्ने बताउनुभयो ।

इथियोपिया र सोमालील्याण्ड, सोमालियाको एक स्व–घोषित क्षेत्र, एक स्वतन्त्र राज्यको रूपमा सोमालील्याण्डको मान्यताको बदलामा इथियोपियालाई लाल सागरमा पहुँच बिस्तार गर्न अनुमति दिने सम्झौतामा हस्ताक्षर गरिएको छ ।

सोमालियाले यसलाई आफ्नो क्षेत्रीय अखण्डताको उल्लङ्घन भएको बताएको छ । युगाण्डाको परराष्ट्र मन्त्रालयकाअनुसार १२० सदस्य राष्ट्रमध्ये ९३ देशको बैठकमा सहभागीता रहेको छ । युगाण्डाले सदस्य राष्ट्रहरूबीच दक्षिण–दक्षिण सहयोग र ऐक्यबद्धता प्रवद्र्धन गर्न यो कार्यक्रम प्रयोग गरेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
काठमाडौं उपत्यकाका पाँच स्थानबाट एलपी ग्यास वितरण सुरु नुवाकोटमा बस र इभी भ्यान भिरबाट खसे एशियाली खेलकुदमा पदकको विरासत फर्काउने लक्ष्यमा नेपाली बक्सिङ टोली गण्डकी प्रदेशमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजा खेती खुला गर्ने विधेयक… भोजपुरमा लाखे नाच संरक्षणमा जुटे युवा मुस्ताङको घरपझोङ गाउँपालिकामा स्वच्छ उर्जा प्रविधि प्रवर्द्धन परियोजना शुरु सर्वोच्च अदालतका कारण सरकारले लक्ष्यअनुसार कार्य सम्पादन गर्न सकेन : मुख्यसचिव कार्की इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प, दुई जनाको मृत्यु काठमाडाैंमा यी पाँच स्थानबाट आज ग्यास वितरण हुँदै चितवनमा १५ जनामा औलो रोगको सङ्क्रमण