‘मनसुन फेशन प्यारेड’ हुँदै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । काठमाडौंमा ‘मनसुन फेशन प्यारेड’ आयोजना हुने भएको छ । इभेन्ट बेटर ग्यालेक्सी इन्टरटेनमेन्ट प्रालिले यही शनिबार कुलेश्वोर स्थित भिजननोभामा ‘मनसुन फ्यासन प्यारेड’ गर्न लागेको हो ।

नेपालको स्थापित फेशन इन्स्टिच्युट सिआइएफटी प्रशंसित फेसन डिजाइनरबाट मनमोहक डिजाइन र स्टाइलिश संग्रह नेपालका शीर्ष मोडेलहरूले फेसन शोमा प्रदर्शन गर्ने आयोजकले जनाएको छ ।

कार्यक्रममा गायक कमल खत्री, विनोद ढकालको विशेष प्रस्तुति रहने बताइएको छ । त्यसैगरी कलाकार नरेश सिंह, वैबा उर्गेनको पनि प्रस्तुति रहनेछ भने डि.जे रे र डि.जे पपाजद्वारा डि.जे सेसन रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?