वास्तु प्रतिकूलन नै जलवायु परिवर्तनको कारण

Read Time = 12 mins

✍️ डा. नारायणप्रसाद निरौला
वस् धातुमा तुण् प्रत्यय लागेर वास्तु शब्दको निर्माण हुन्छ । जसको अर्थ बस्न योग्य भूमि भन्ने हुन्छ । पृथ्वीलाई मुख्या वस्तु र ‘वस्’ धातुमा ‘तुण्’ प्रत्यय लागेर वास्तु शब्दको निर्माण हुन्छ । जसको अर्थ बस्न योग्य भूमि भन्ने हुन्छ । पृथ्वीलाई मुख्या वस्तु र पृथ्वीमाथि जुन आश्रयस्थल निर्माण गरिन्छ त्यो वास्तु हो भनी मयमतम्मा यसरी बताइएको छ : ‘भूप्रसादयानानि शयनं च चतुर्विधम् । भूरेव मुख्यवस्तु स्यात्तत्र जातानि यानि हि ।।’ (मयमतम्, २।१-२) यसरी भूमिलाई मुख्य वास्तुका रूपमा चित्रण गरिएको छ ।

सामन्यतः वस्तुको सही विन्यास नै वास्तु हो । वास्तुविद्यालाई नै वास्तुशास्त्र, शिल्पशास्त्र तथा स्थापत्यवेद भनिन्छ । यसका विभिन्न शाखा रहेका छन् : यज्ञीय वास्तु (शुल्वशास्त्र), गृहवास्तु, नगरवास्तु (ग्रामवास्तु), प्रसादवास्तु (देवालय), उद्यान (आरामवास्तु), जलाशयवास्तु मुख्य हुन् । यस अतिरिक्त विमानविद्या एवं यन्त्रवास्तु पनि प्रचलित छन् । विशेषतः पृथ्वी, जल, तेज (अग्नि), वायु र आकाशको समुचित व्यवस्थापन वास्तुअन्तर्गत पर्ने गर्दछन् ।

हाम्रो वरिपरि रहेका विषयवस्तुको उचित व्यवस्थापनलाई वास्तु भनिन्छ । यस्तै वस्तुको विन्यासमा अनुकूलन एवं प्रतिकूलनसम्बन्धी अध्ययन गर्ने शास्त्र विशेष नै वास्तुशास्त्र हो । ज्योतिष शास्त्रको एक विशिष्ट विधाका रूपमा रहे पनि हाल यो शास्त्रको पनि पृथक् अध्ययन भइरहेको छ । आज हाम्रो पर्यावरणीय सन्तुलनमा नहुँदा जलवायु परिवर्तनसम्बन्धी विभिन्न घटना घटिरहेका छन् । जलवायु परिवर्तन वास्तु प्रतिकूलनको परिणाम हो । हरेक वस्तुको उचित व्यवस्थापन गर्न सक्नु नै पर्यावरणीय सन्तुलन कायम गर्नु हो जो वास्तुशस्त्रका आधारमा व्यवस्थापन गर्न सकिन्छ । वास्तुशास्त्रले यस्ता हरेक विषयवस्तुको सही व्यवस्थापनसम्बन्धी निर्देशन गरेको छ ।

जलवायु परिवर्तनसम्बन्धी थुप्रै सम्मेलन भइरहेका छन् । पर्यावरणीय सन्तुलन कायम गर्न नसक्दा ओजोन तह पातलिएर पृथ्वीकोे तापमान बढिरहेको सन्दर्भ मुख्य विषयका रूपमा उठेको पाइन्छ । वस्तुको सही व्यवस्थापन हुन सकेन भने पर्यावरणीय सन्तुलनमा असर पर्छ भन्ने देखेर नै हाम्रा ऋषि महर्षिहरूले वास्तुशास्त्रको परिकल्पना गरेका हुन् । वास्तुशास्त्र निकै पुरानो र वैज्ञानि विषय हो । आजभन्दा हजारौं वर्ष पहिले वेदका ऋचा ऋचामा वस्तुको विन्यस सम्बन्धी चिन्तन व्यक्त पाइन्छ : ‘वास्तोस्पते प्रतिजागृही... नमः वास्तव्याय च वास्तुपाय च ...वसोः पवित्रमसि शतधारं वसोः पवित्रमसि सहस्रधारम्...’ आदि मन्त्रले पनि वस्तुको विन्यासलाई उचित र पवित्र पार्नुपर्छ भनेका छन् । पर्यावरणको संरक्षणका लागि वास्तु अनुकूल रहनुपर्छ । हाम्रा घर नगरको व्यस्थिर विन्यास हुनुपर्छ । प्रकृतिको प्रतिकूल कार्य गर्नुहुँदैन भन्ने वैदिक सन्देश पाइन्छ ।

वास्तु भनेको केवल घरको व्यवस्थिति मिलाउने शास्त्रमात्र होइन । यसले समग्र पर्यावरणलाई सन्तुलनमा राख्नुपर्छ भन्दछ । भूमि वास्तु, गृहवास्तु यसका मुख्य विधा हुन् । वस्तुको उचित व्यवस्थापन हुन सकेन भने वास्तुमा खलबल हुन पुग्छ । त्यसैले भूमि वास्तु एवं गृह वास्तुको उचित मिलान गराउनु पर्दछ । यही भूमिलाई र घरलाई आधार बनाएर अन्य रूख बिरुवा, कुवा इनार, गोठ, वृक्ष आदि वस्तुको व्यवस्थापन गर्नुपर्छ भन्ने वास्तु शास्त्रको मूल मर्म रहेको छ । यसको व्यवस्थपनबाट पर्यावरणीय सन्तुलन कायम गर्न सकिन्छ । हरेक विषयवस्तुको केन्द्र मानव नै हो ।

मानवका लागि सर्वप्रथम बस्ने भूमि शुद्ध हुनुपर्छ । भूमि शुद्ध र बस्न योग्य भएन भने घरमा अस्थिरता आउनसक्छ । त्यसैले वास्तुको अनुकूलनका लागि सर्वप्रथम उचित भूमि आवश्यक हुन्छ । भूमिपश्चात् घर उपयुक्त हुनु आवश्यक छ । घरको पनि पूजाकोठा, बैठक कक्ष, अतिथि कक्ष, भान्सा, ग्यारेज आदि ठाउँको पनि उचित व्यवस्थापन हुनुपर्दछ । यस्ता विषयवस्तुलाई हामी गौण ठान्ने गर्दछौं तर सोही कारणले पनि घरमा प्रतिकूल वातावरण सृजना भइरहेको हुनसक्छ ।

मान्छे सौन्दर्यको उपासक हो । वास्तुले पनि सुन्दर विन्यासलाई नै महत्व दिन्छ । स्वच्छ र पवित्र वातावरणको परिकल्पनाकार नै वास्तुशास्त्र हो । वास्तु मिलाउनाले घर सुन्दर देखिनुका साथै ऊर्जासमेत प्रदान गर्ने हुन्छ । घर वरपर के कस्ता रूख विरुवा रोप्ने, कुन दिशामा कस्ता रूख लगाउने, जलाशय, गाडीघोडा व्यवस्थापन, आदि कुरा वास्तुले निर्देश गर्दछ । घरसम्बन्धी विषयवस्तुको उचित मिलान हुन सक्यो भने घर ऐश्वर्यवर्धक हुन्छ । यदि यस्ता विषयवस्तुको उचित मिलान हुनसकेन भने घर कुरूप हुनुका साथै निष्प्रभावीसमेत रहन पुग्छ ।

रोगका कारण पनि वस्तुको प्रतिकूलन नै हो । वास्तु नमिलेको घरका मान्छे प्राय धेरै रोगी हुनेगरेका छन् । घर र घरको पर्यावरणीय अवस्थिति अुनकूल भएन भने व्यक्तिमा विभन्न रोगले आक्रान्त पार्न सक्दछन् । घरभित्रको वास्तु पनि उचित बनाउनु आवश्यक हुन्छ । पूजाकोठा पूर्व र उत्तरको कोण ईशानमा शुभ मानिन्छ । यसैगरी भान्छा कोठाको रूपमा पूर्वदक्षिण कोणलाई रोज्नु उपयुक्त हुन्छ । भण्डार कक्ष उत्तर राम्रो हुन्छ । अध्ययन कक्ष पूर्व र उत्तर राम्रो मानिन्छ भने शयन कक्ष दक्षिण उपयुक्त हुन्छ । यसैगरी सुत्ने व्यवस्थितिको पनि अनुकूलन हुनु पर्छ भन्ने कुरा वस्तुशास्त्रले बताएको छ । उत्तर शिरानी गर्नु हुँदैन । विद्यार्थीले पूर्व शिरान गर्नु राम्रो मानिन्छ भने गृहस्थीले दक्षिण शिरानी गर्नू भन्ने वास्तुशास्त्रको निर्देशन छ ।

वास्तुअनुसार कुन ठाउँमा कस्तो बिरुवा कसरी लगाउने भन्ने पनि उचित निर्देशन गरेको छ । जमिनको दिशा, सूर्यको किरण एवं वनस्पतिको प्रकृति हेरेर खेती वा वृक्ष लगाउनुपर्दछ । भूमिको परीक्षण, माटोको अनुकूलन प्रतिकूलन हेरेर बाली लगाउनुपर्दछ । जसले गर्दा हाम्रो पर्यावरणलाई शुद्ध पार्नुको साथै व्यक्तिलाई पनि विशेष लाभ पुग्ने गर्दछ । व्यापार गर्नेका निम्ति पनि वास्तुको निकै महŒवपूर्ण भूमिका रहन्छ । पूर्व दक्षिण कोणमा व्यापारीको बसाइ उपयुक्त मानिन्छ ।

वस्तु दिँदा पूर्वमुख भएर दिने र पैसा लिँदा उत्तरपूर्व फर्किएको हुनु ऐश्वर्यबर्धक मानिन्छ । ग्राहक र विक्रेता सदा आम्नेसाम्ने हुनुपर्छ र मन्द मुस्कानसहित गरेको व्यापार निकै लाभदायी मानिन्छ । कोठा वा घरको अवस्थितिअनुसार बसाइको व्यवस्थिति पनि मिलाउनुपर्ने हुन्छ । पसलमा पनि पूजास्थान पूर्व-उत्तर दिशामा बनाउनुपर्दछ ।

यसरी हाम्रो पर्यावरणलाई स्वच्छ र पवित्र पार्नुपर्ने कुरा वास्तुशास्त्रमा उल्लेख छ । प्रकृतिको सही सदुपयोग नै वास्तुअनुकूलन हो । प्रकृतिको दोहनले तत्काल लाभ भए पनि दीर्घकालीन असर पार्ने गर्दछ । हिजोको प्राकृतिक दोहनका कारण नै आजको हाम्रो पर्यावरण कमजोर बनेको छ । जसको संरक्षणका निम्ति स्वास्तुको सूत्र उपयोग गर्न सकिन्छ । आज वास्तुको अनुकूलन नभएर नै जलवायु परिवर्तनका संकेतहरू देखिएका हुन् । भूमिमा हुने विषयवस्तुको अपचलनले नै यस्तो खतराको संकेत देखापरेको हो ।

आज ओजोन तहको विनाश पनि यही कारणले नै भइरहेको छ । पृथ्वीमा रहेका हरेक विषयवस्तुको उचित प्रयोग हुन नसकेर नै तापमान वृद्धि भएको हो । हिमालमा अधिक मात्रामा हिउँ पग्लिएको हो । हामी बस्ने वासस्थानलाई वास्तु अनुकूल प्राकृतिक बनायौँ भने हाम्रो पर्यावरण पनि स्वतः अनुकूल बन्दैजान्छ । यसैले आजको युगमा वैदिक कृषिप्रणाली, स्थानीय विधि र प्रविधिको प्रयोग, प्राकृतिक वस्तुको समुचित प्रयोग विशेषगरी पृथ्वी, जल, तेज, वायु र आकाशतत्वको समुचित व्यवस्थापन र प्रयोग गर्न सकियो भने जलपायु परिवर्तनको असरबाट बँच्नुका साथै वास्तु अनुकूल पनि बन्न सक्दछौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?