काठमाडौं । नबिल बैंकले प्रमुख कार्यकारी अधिकृत(सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगानालाई दोस्रो कार्यकालका लागि पुनः नियुक्त गरेको छ । नबिल बैंकको सञ्चालक समितिको बैठकले ढुंगानालाई आगामी असार १७ गतेदेखि लागू हुने गरी थप दुई वर्षका लागि पुनः नियुक्त गरेको हो ।
नेपाल राष्ट्र बैंकलगायत विभिन्न वाणिज्य बैंकको व्यवस्थापन तह तथा नेतृत्वदायी भूमिकामा रही २७ वर्षभन्दा बढी बैंकिङ अनुभव बटुलिसक्नुभएका ढुंगानालाई कुशल नेतृत्व र कार्यशैलीकै कारण सञ्चालक समितिले थप दुई वर्षका लागि पुनःबहाली गरेको बैंकले जनाएको छ ।
नबिल बैंकअघि उहाँले नेपाल बंगलादेश बैंकको सिइओका रूपमा १० वर्षसम्म नेतृत्व गर्नुभएको थियो । नेपाल बंगलादेश बैंक नबिलमा गाभिएपछि ढुंगानाको सबल नेतृत्व र पहलमा सम्पन्न भएको दुवै बैंकको व्यवसाय तथा कर्मचारी समायोजन र व्यवस्थापन बैंकिङ क्षेत्रमै उदाहरणीय रहेको बैंकले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच