काठमाडौं । संसद सुचारुका लागि सहमति खोज्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका नेताहरूलाई छलफलका लागि बालुवाटार बोलाउनु भएको छ।
प्रधानमन्त्री प्रचण्डले साँझ ६ बजे प्रतिपक्ष दल कांग्रेसलाई बोलाएको बालुवाटार स्रोतले बतायो ।
यसअघि आजै प्रधानमन्त्री प्रचण्डले सत्तारुढ दल एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहनुभएको उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग छलफल गर्नुभएको थियो ।
कांग्रेसले गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समितिको अडान राख्दै आएको छ ।
कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन गरेको आरोप लगाउँदै आएको संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।
तर, सहकारी प्रकरणले हिजोको धकेलाधकेलपछि स्थिति बनेपछि सत्ता र प्रतिपक्ष दलबीच सहमतिको सम्भावना कमजोर बन्दै गइरहेको छ।
यसैबीच सत्तारुढ दल रास्वपाले अब संसदीय समिति बन्न नसक्ने बताएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच