काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई) ले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरेको छ । सिएनआई शिक्षा परिषद्को संयोजनमा शुक्रबार पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा बिजुकुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्राडा सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा ध्रुवकुमार गौतमसँग अबको शिक्षा प्रणाली तथा संयन्त्र कस्तो हुनुपर्ने, विश्वविद्यालय र उद्योगबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा छलफल भएको हो ।
सिएनआई उपाध्यक्ष निर्वाणकुमार चौधरीले उद्योगको आवश्यकताअनुरूप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको भन्दै सिएनआई विश्वविद्यालहरूसँग समन्वय र सहकार्य गर्न तयार रहेको बताउनुभयो । लुम्बिनी विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तरमा जोड दिँदै पाठ्यक्रम बजार आवश्यकताअनुसारको बनाउन जरुरी रहेको बताउनुभयो ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुनर्विचार गर्नुपर्ने बताउनुभयो । शिक्षामा नयाँपन आवश्यक रहेको भन्दै उहाँले पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इन्टलिजेन्समा स्नातक तहको पाठ्यक्रम सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।
मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थी नेपालमा आकर्षित गर्न विश्वविद्यालयहरू ¥याङ्किङमा केन्द्रित हुनुपर्ने बताउनुभयो । विद्यार्थीले ¥याङ्किङमा हेरेर विश्वविद्यालय छनोट गर्ने भएकाले विश्वविद्यालयको र्याङ्किङ वृद्धि गर्नुपर्ने आवश्यकता रहेको उहाँको भनाइ थियो । सो अवसरमा सिएनआई शिक्षा परिषद्का सभापति द्विराज शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच