मकवानपुर । वागमती प्रदेश सरकारले यही जेठ १४ गते नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गर्ने भएको छ । सभामुख भुवनकुमार पाठकले आज रासससँग कुरा गर्दै उक्त जानकारी दिनुभएको हो ।
बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्न दलहरूको सहमति रहेको उहाँले बताउनुभयो । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम सार्वजनिक गर्नुहुनेछ ।
सभामुख पाठकले आजको प्रदेशसभा बैठकमा प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को विनियोजित बजेटका सैद्धान्तिक पक्ष र योजनाको प्राथमिकताका विषयमा छलफल हुने जानकारी दिनुभयो । बजेटको सैद्धान्तिक पक्षमा भोलि पनि छलफल हुनेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच