![बैतडीको पाटनका तीनओटा स्वास्थ्य संस्थामा बेबी वार्मर मेसिन जडान](https://ehimalayatimes.com/wp-content/uploads/2024/06/baby-warmar.jpg)
रुपन्देही । तिलोत्तमा नगरपालिकाको आयोजनामा महिलाहरुको पाठेघर सम्बन्धी जाँच शिविर गरिएको छ । महिलाहरुको पाठेघरको भिआईए परिक्षण गरिएको हो । जेठ २ गते बाट सुरुवात भएको शिविर आनन्दवनबाट सुरुवात भएको थियो ।
सोही अनुसार शंकरनगर स्वाथ्य चौकीमा शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिका प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अर्यालले महिलाहरुको स्वाथ्य अवस्थालाई ध्यानमा राखेर शिविर आयोजना गरिएको बताउनु भयो । उहाँले पाठेघरको समस्या जटिल समस्या भएको भन्दै सोही अनुसार नगरपालिकाले आफैले यो शिविर आयोजना गरिएको बताउनु भयो।
प्रमुख प्रशासकिय अधिकृत अर्याललले समयमा नै परिक्षण गरेर जानकारी भएमा जटिल प्रकृतिको क्यान्सर लगायतका यौन तथा महिलाजन्य रोगबाट बच्न सकिने बताउनु भयो।
कार्यक्रममा नगरपालिकाका स्वाथ्य शाखा प्रमुख ज्ञान प्रसाद पौडेलले जेठ ३ गते बाट सुरुवात भएको शिविर वडा नम्बर ६, ४, २ मा गरी कुल ७ सय ४ जनाको परिक्षण गरिएको जानकारी गरिएको बताउनु भयो।
जस अनुसार भिआईए परिक्षण ७सय ३ जनाको नेगेटिभ देखिएको थियो भने ३४ जनामा पोजिटीभ देखिएको थियो । जसमा ४ जनामा गम्भिर प्रकृतिको क्यान्सर समेत देखिएको जानइएको छ ।
पिआईडी १सय ९ जनामा देखिएको हो । स्वाथ्य परिक्षण शिविर अन्र्तगत वडा नम्बर ६ मा २ गते, ४ मा ३ गते, २ मा ८ गते, ५ मा १३ गते हुने छ ।
यस्तै शहरी स्वाथ्य चौकी भलवारीमा १४ गते, करहिया स्वाथ्य चौकी ८ मा १८ गते, गंगोलिया स्वाथ्य चौकी १७ गते सञ्चालन हुने तिलोत्तमा नगरपालिका स्वास्थ्य शाखा का जनस्वास्थ्य निरिक्षक केशव भट्राईले बताउनु भयो। ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच